aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

मिथिला लघुवित्तको संस्थापक र सर्वसाधारण शेयर स्वामित्व परिमार्जन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ भदौ २०८०
Global IME
मिथिला लघुवित्तको संस्थापक र सर्वसाधारण शेयर स्वामित्व परिमार्जन
DHI
nmb

काठमाडौं । मिथिला लघुवित्त  वित्तीय संस्था लिमिटेडको शेयर स्वामित्व परिमार्जन भएको छ । कम्पनीले  संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व परिवर्तन गरेको हो ।  

जसअनुसार कम्पनीको शेयर स्वामित्व संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ । यसअघि कम्पनीका संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत शेयर स्वामित्व रहेको थियो । 

हाल नेप्सेमा कम्पनीको कुल १९ लाख ६० हजार २७ दशमलव ५६ कित्ता शेयर सूचीकृत छ । जसमा परिवर्तित शेयर संरचनाअनुसार अब संस्थापक समूहको ९ लाख ९९ हजार ६१४ दशमलव ०६ कित्ता र सर्वसाधारण समूहको ९ लाख ६० हजार ४१३ दशमलव ५ कित्ता कायम भएको छ । परिवर्तित शेयर संरचनाअनुसार दुवै समूहको शेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस