
सिन्धुली । २० केजी चाँदीसहित दुई जना पक्राउ परेका छन् । गोलन्जोर गाउँपालिका ५ खनियाखर्क बजारबाट करिब २० केजी चाँदीसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका ५ बस्ने रोहित कुमार यादव र सप्तरी राजविराज नगरपालिका ८ घर भई मोरङ विराटनगर महानगरपालिका ४ बस्ने ३७ वर्षीय शेचन मानन्धर रहेका छन् । प्रहरी चौकी गढीबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको
बाग्मती प्रदेश ०१–०२५ च १०६९ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक पछाडिको सिट मुनि ४ वटा प्लाष्टिकमा लुकाई छिपाई राखेको उक्त परिमाणको चाँदी फेला पारी चालक रोहितकुमार र कारमा सवार शेचनलाई पक्राउ गरेको हो ।
उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस