काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो कोल्हुवा शाखाद्वारा नवलपुरको मध्य विन्दु २ मा रहेको कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई कम्पोस्ट बिन हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समितिलाई उक्त कम्पोस्ट बिन हस्तान्तरण गरेको हो ।
बैंकले एक समरोहकाबिच कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुवासचन्द्र नेपाललाई सो सामाग्री हस्तान्तरण गरेको हो । कम्पोस्ट बिनको प्रयोगले उपभोक्ताका भान्छा घरमा प्रयोग भएका दैनिक उपभोग्य वस्तुहरू बाट उत्पन्न हुने नियमित फोहोरलाई व्यवस्थापन गर्न मद्दत गर्दछ । कम्पोस्ट बिनको प्रयोगद्वारा जैविक फोहोरलाई हटाएर समुदायले उत्पादन गर्ने समग्र फोहोरलाई कम गर्ने र स्थानीय फोहोर व्यवस्थापन प्रणाली र ल्यान्डफिल क्षमताहरूमा भार कम गर्ने विश्वास बैंकले लिएको छ ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।