शीर्षकहरू

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सय रुपैयाँले बढेको हो ।                                   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार १५० रुपैयाँ रहेको छ ।                    

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।