काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले कुल ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न भदौ ५ गते निवेदन दिएको हो । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीको लागि निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
कम्पनीले बाग्लुङ्ग जिल्लाको गलकोट नगरपालिका वडा नंं. ११ मा ९ दशमलव ६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधीन रहेको छ ।