शीर्षकहरू

नेप्सेमा ३१.५२ अंकको गिरावट, एक अर्ब ५५ करोडको कारोबार

नेप्सेमा ३१.५२ अंकको गिरावट, एक अर्ब ५५ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३१.५२ अंकले घटेर दुई हजार १३ दशमलब ९३ विन्दुमा बन्द भएको हो ।             

त्यस्तै, आज एक अर्ब ५५ करोड ५ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ भने २०६ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७०१.१० रुपैयाँ पुगेको छ ।    

आज मैलुङ हाइड्रोपावर कम्पनी लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटल्स लिमिटेडको भएको छ । यस कम्पनीको आज ७ करोड ८७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।