पर्यटन वर्ष २०२०मा पर्यटक भित्र्याउने नुवाकोटको यस्तो छ तयारी - Aarthiknews
aarthiknews.com शनिबार, १० फागुन २०७६   Saturday, 22 February, 2020
 

पर्यटन वर्ष २०२०मा पर्यटक भित्र्याउने नुवाकोटको यस्तो छ तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असोज २०७६
Sunrise
पर्यटन वर्ष २०२०मा पर्यटक भित्र्याउने नुवाकोटको यस्तो छ तयारी
LBEF

नुवाकोट । नेपाल सरकारले लिएको नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य लिएको छ भने त्यसको १० प्रतिशत पर्यटक नुवाकोट भित्र्याउन नुवाकोटका पर्यटन व्यवसायीले पहल गरिरहेका छन् । 

त्यसको लागि नुवाकोट स्थानिय बासिन्दा र स्थानिय सरकारले तयारीका साथ अगाडि बढ्ने भएको छ । काठमाडौंको उत्तर पश्चिमतर्फ जोडिएर रहेको नुवाकोट जिल्ला ११२१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रमा १५ भन्दा धेरै पर्यटकीय घुम्न लायक स्थलहरु रहेका छन । 

नुवाकोट विदुरका पूर्व मन्त्री तथा प्रतिनिधि सभाका सांसद हित बहादुर तामाङका अनुसार पर्यटन क्षेत्रको प्रवद्र्धन तथा नेपाल भ्रमण वर्षलाई सफल बनाउन साना तथा मझौला होटलहरुको भूमिका महोत्वपूर्ण हुने बताए । 

तामाङले भने ‘कुनै पर्यटक स्वास्थ्यको हिसावले हिडडुल गर्न नसक्ने तर मोटर गाडीमा हिड्न रूचाउने व्यक्तिको लागि काठमाडौंमा बसिरहेको पर्यटकलाई काठमाडौ नजिक रहेको प्राकृतिक वातावरणमा रमाउने अवसर प्रदान गर्न ककनी, सुर्याचौर भैरमकोट क्षेत्र जस्ता क्षेत्रमा भौतिक पूर्वाधार बनाउन सक्यौ भने हामीले नुवाकोटमा सजिलै पर्यटक भित्र्याउन सकिन्छ’ । 

काठमाडौंबाट १२ किलोमिटर हिडेपछि गुर्जे भञ्च्याङ पुगिन्छ त्यहाबाट ९ सय मिटर हिडे पछि सूर्यचौर पुगिन्छ । त्यो सूर्य चौरलाई पर्यटकीय गन्तब्य स्थल बनाउने हिसाबले  प्रदेश नं ३ को सरकारले ५ करोड हालेर ककनी, सूर्यचौर, चिसापानी हुदै बुटवल साध सम्म लैजान कृषि पर्यटकिय पथ मार्ग बनाइरहेको छ । 
कृषि पर्यटकिय पथ मार्ग मात्र बनाउने होइन त्यसको वरीपरी उत्पादनका प्याकेजहरू, पूर्वाधारको प्याकेजहरू सबै बनाएर त्यहाँ आउने सबै पर्यटकलाई  लोकलाई उत्पादन पुर्याउने लक्ष्य नुवाकोट बासीको हुनु पर्ने तामाङले बताए । 

आउँदा होटल रेष्ट्रेन्टको समस्या नहोस पर्यटक आउँदा ठुला ठुला रेष्टुरेन्ट मात्र होइन सामान्य व्यक्तिको घरमा गएर पनि बस्न चाहान्छ भने त्यस्ता व्यक्तिलाई हामीले राख्ने व्यवस्था मिलाउनु पर्छ । सामान्य गाउँले जिवनको पनि अनुभुति गर्न चाहानेलाई  त्यो अनुभुती दिलाउने हिसाबले सोच बनाएको तामाङको भनाइ छ । 

सरकारले लिएको भ्रमण वर्षलाई नुवाकोटको तर्फबाट आफ्नो भुमिका निर्वाह गर्न सक्छ कि सक्दैन पर्यटकको सत्कार पर्यटन व्यवसायिले प्राप्त गर्न सक्छ कि सक्दैनन ? चिल्ला गाडीमा आएका पर्यटकले मात्र नुवाकोटको लक्ष्य हासिल गर्न सक्दैन् ? पर्यटकलाई पैदल यात्रा पनि गराउनु पर्छ भन्ने सोच नुवाकोट वासीको रहेको छ ।  

चीन सरकारको सहमतिमा नुवाकोट जिल्लामा क्रस बोर्डर इकोनोमिक जोन कार्यक्रम बनाइसकेको छ । नेपाल सरकारको बजेट हेर्दा पनि धेरै जसो बजेट उत्तरतर्फ जोडिएको रसुवागडी केरूङ मार्गमा नै बढि बजेट परेको छ । नुवाकोट व्यवसायिको लागि यो अकल्पनिय अवसर रहेको छ ।  

नुवाकोटमा पर्यटकलाई नौलो कुरा के दिन सक्छौ । पर्यटक आउँदा चाउचाउ नै उमालेर खानु पर्ने स्थिति आयो भने त्यो नौलो हुन सक्दैन । नेपालको होटलमा आएर विदेशमा बनेका कफी नै खान दिदा फरक पन हुदैन् । पर्यटक आउँदा प्राकृतिक वातावरणमा रमाउन सक्ने, गाउँ मै उत्पादन भएको चामलको भात, मकै, ढिडो, दुध जे खान चाहे पनि  स्थानिय कै हुनु पर्यो सांसद तामाङले भने ।

। सो अवसरमा संस्थापक अध्यक्ष सन्तोष उप्रेतिले  सहभागी १३ जिल्लाका अध्यक्ष तथा पदाधिकारीहरुले होटल तथा पर्यटन व्यवसायी संघलाई पर्यटन क्षेत्रको एक स्थापित संस्थाको रुपमा चिनाउदै नेपालको पर्यटन क्षेत्रलाई विश्व बजारमा चिनाउन सक्रिय भएर लाग्ने बताए । 
 

प्रतिक्रिया दिनुहोस