स्मार्टको बडा दसैं अफर, ९९ पैसामा सबै नेटवर्कमा फोन - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

स्मार्टको बडा दसैं अफर, ९९ पैसामा सबै नेटवर्कमा फोन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ असोज २०७६
Sunrise bank
स्मार्टको  बडा दसैं अफर, ९९ पैसामा सबै नेटवर्कमा फोन
LBEF
NCH-IPS

काठमाडौं ।   स्मार्ट टेलिकमले बडा दशैका लागि नयाँ अफर सार्वजनिक गरेको  छ । यो दसैंलाई बडा तरिकाले मनाउन स्मार्टले ३ वटा नयाँ बडा अफर ल्याएको छ । 

दसैं भ्वाइसः यस बडा अफर अन्तर्गत केवल ९९ पैसा मा सबै नेटवर्कमा कुरा गर्न सकिन्छ । रु ९९ मा ३० दिन मान्य भएको १०० मिनेट टकटाइम (सबै नेटवर्कमा) पनि प्राप्त गर्न सकिन्छ । यो सुविधा *141*1*4*1# डायल गरी लिन सकिन्छ । 

दसैं डाटाः रु २९९ मा ४५ जिबि डाटा हरेक दिन १.५ जिवि डाटा का दरले ३० दिन सम्म लिन सकिन्छ । यसरी लिइएको डाटाको मान्य अवधि हरेक दिन मध्य रात सम्म रहने छ । यो डाटा सुविधा *141*3*2*1#   डायल गरी सहजै लिन सकिन्छ । 

दसैं इन्डिया कलः लोकल दरमा इन्डियामा कल गर्न सकिने सुविधा, जसमा ३ वटा प्लान रहेका छन्ः

१) रु ३१२.४८ मा ३० दिन मान्य अवधि भएको २४० मिनेट टकटाइम २) १०१.०३ मा ७ दिन मान्य अवधि भएको ७५ मिनेट टकटाइम तथा रु २२.७१ मा १ दिन मान्य भएको १६ मिनेट टकटाइम यी सेवाहरु लिन क्रमशः *141*6*1*3#, *141*6*1*2# तथा *141*6*1*1#, डायल गर्नु पर्ने छ ।यो सेवा लिइसके पछि इन्डिया कल गर्दा  1350+91+ मोबाइल नम्बर/ल्याण्डलाइन नम्बर राखी डायल गर्नु पर्ने हुन्छ । 

यी दरहरुमा कर भने समावेश गरिएको छैन । यो योजना आश्विन १२ गतेदेखि आश्विन २६ गतेसम्म मात्र रहने छ । विस्तृत जानकारीको लागि *141#    डायल गरेर बुझ्न सकिने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });