हराएका १४ मोटरसाइकल फेला, धनीलाई बुझाइयो - Aarthiknews
aarthiknews.com विहीबार, ३० असोज २०७६   Thursday, 17 October, 2019
 
Bajaj_Bike

हराएका १४ मोटरसाइकल फेला, धनीलाई बुझाइयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ असोज २०७६
Sunrise bank
हराएका १४ मोटरसाइकल फेला, धनीलाई बुझाइयो
LBEF
NCH-IPS

काठमाडौं । ट्राफिक प्रहरीले एक हप्ताको बीचमा हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोेलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १४ मोटरसाइकल फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो । 

महाशाखाले छेपा शेर्पा, अनिल भण्डारी, अभिषेक सापकोटा, विनोद सुवेदी, सुचेन्द्र श्रेष्ठ, अर्जुन राई, राजेन्द्रबाबु अर्याल, गोकुलप्रसाद महतो, जीतेन्द्र बस्नेत, सुपेन्द्र श्रेष्ठ, राजु लामा र कर्मा गुरुङको हराएको मोटरसाइकल फेला पारेको हो । 

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीकुमार पौडेलले बढी भीडभाड हुने क्षेत्रमा धेरै सवारीसाधन चोरी हुने गरेको बताउनुभयो । “बसपार्क, अस्पताल र बजार क्षेत्रमा धेरै मोटरसाइकल हराउने गरेका छन्”, उनले भने । यसैबीच महाशाखाले यस वर्ष छ वटा सवारीसाधनसमेत फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । मोटरसाइकल चोर्ने १९ जनालाई पक्राउ गरी मुद्दासमेत चलाइएको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });