नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हुने प्रक्षेपण - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हुने प्रक्षेपण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ असोज २०७६
Sunrise bank
नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हुने प्रक्षेपण
LBEF
NCH-IPS

काठमाडौं ।  एशियाली विकास बैंकले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । बैंकले आज ‘नेपाल म्याक्रोइकोनोमिक अपडेट’ सार्वजनिक गर्दै पूँजीगत खर्चमा हुने वृद्धि, निजी क्षेत्रको सबल लगानी तथा ठूला भौतिक पूर्वाधारको विकास तथा विस्तारले पनि आर्थिक वृद्धिदरलाई बढावा दिने बैंकले जनाएको छ । 

बैंकले सामान्य मनसुन, ठूला भौतिक पूर्वाधारको योजनाले गति लिएको, पर्यटक आवागमनमा भएको वृद्धिजस्ता कारणले नेपालको आर्थिक विकास र विस्तारलाई समेत थप बल पु¥याउने एडीबीका देशीय निर्देशक मुख्तोर खामोदखानोभले बताए । गत आवमा सरकारले ८.२ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको भए पनि ७.७ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । 

बैंकले सन् २०२० मा औद्योगिक क्षेत्र ७।९ प्रतिशतले विस्तार हुने तथा औद्योगिक उत्पादनमा वृद्धि हुनेसमेत स्पष्ट पारेको छ । ठूला भौतिक पूर्वाधारसहित विद्युत् वितरणमा आएको सुधार, लगानीमा हुने विस्तारले नेपालको आर्थिक वृद्धिलाई टेवा पु¥याउने बैंकको भनाइ छ । 

यस्तै सेवा क्षेत्रमा ६.९ प्रतिशतले विस्तार हुनेसमेत प्रक्षेपण गरेको छ । गत आवमा ४.६ प्रतिशतमा रहेको मूल्यवृद्धि सो अवधिमा ५.५ प्रतिशत पुग्ने उल्लेख गरेको छ । भारतीय बजारमा हुने मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा समेत पर्ने भएकाले मूल्य वृद्धिको दरमा वृद्धि हुने उल्लेख गरेको छ । चालू खातामा रहेको घाटा तथा उच्च व्यापार घाटाका कारण बाह्य क्षेत्रसमेत असन्तुलित हुने बैंकको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });