असोज १३ गते प्रधानमन्त्री ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दै - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

असोज १३ गते प्रधानमन्त्री ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असोज २०७६
Sunrise bank
असोज १३ गते प्रधानमन्त्री ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दै
LBEF
NCH-IPS

काठमाडौं । असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने भएका छन् । शुक्रबार खानेपानी मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेर खुला दिसा मुक्त नेपाल घोषणा गर्ने जानकारी दिइएको हो ।

२०६८ सालदेखि सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त जिल्ला घोषणा थालिएको थियो ।  हालसम्म कुल ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय बनेको आँकडा छ । ७७ जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको मन्त्रालयले जनाएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले शतप्रतिशत ट्वाइलेट प्रयोग गर्न आग्रह गरिन् । उनले ट्वाइलेटमा ताला लगाएर नराख्न आग्रह गर्दै घर, खानेपानी सरसफाइ अभियानलाइ अघि बढाउँदै लैजाने बताइन् ।  मन्त्री मगरले नेपालले खुला दिसा मुक्त घोषणा गरेर सफाइको क्षेत्रमा अघि बढेको बताइन् ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });