'नेपाल इन्स्योरेन्स अबको दुई वर्षमा सबैभन्दा उत्कृष्ठ कम्पनी' - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

'नेपाल इन्स्योरेन्स अबको दुई वर्षमा सबैभन्दा उत्कृष्ठ कम्पनी'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असोज २०७६
Sunrise bank
'नेपाल इन्स्योरेन्स अबको दुई वर्षमा सबैभन्दा उत्कृष्ठ कम्पनी'
LBEF
NCH-IPS

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी अब दुई बर्षभित्रमा सर्वश्रेष्ठ कम्पनी बन्ने  इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले बताए । बुधबार नेपाल इन्स्योरेन्स कम्पनीको ७३ औँ प्रवेशको अवसरमा आयोजित कार्यक्रम बोल्दै उनले जेठो कम्पनीलाई सबै क्षेत्रबाट सहयोग भइरहेको र अबको दुईवर्षमा नेपाल इन्स्योरेन्स नेपालको पहिलो कम्पनी बन्ने बताएका हुन । नेपाल इन्स्योरेन्समा अब सरकारी क्षेत्रको सहयोग र निजी क्षेत्रको दक्षताले यो कम्पनीले केहि वर्षमा नै जेठोकोसाथै व्यापारमा पनि सर्वश्रेष्ठ हुने बाटो तयार भएका बताए ।

उक्त समारोहमा बोल्दै इन्स्योरेन्सका अध्यक्ष अर्जुन पौडेल शर्माले जेष्ठ कम्पनीलाई सर्वश्रेष्ठ बनाउने अभियान लागेको यसमा कम्पनीमा आवद्ध सबैजनाको सहयोग आवश्यक रहेको बताए । कम्पनीका डिसिईओ विक्रान्त पाण्डेले कार्यक्रममा बोल्दै, ज्येष्ठताका साथ–साथै व्यवसायका रुपमा पनि श्रेष्ठ कम्पनीका रुपमा स्थापित गर्ने संकल्प कम्पनीले लिएको बताए ।

उक्त अवसरमा इन्स्योरेन्सले उत्कृष्ट कर्मचारी   हेर बहादुर महर्जन, सावित्रि श्रेष्ठ र दिपक भुजेल पुरस्कृत गरेको थियो  ।  शाखा प्रमुखहरुमा धनगढीबाट सागर बम, होटौडाबाट सन्त बहादुर गुरुङ र थानकोट संतुगलबाट अस्मिता श्रेष्ठ र काठमाडौं मुख्य कार्यालयबाट कमला कुवंरलाई पुरस्कृत गरेको थियो । 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });