aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

घटेको मूल्यमा ग्याँस नबेच्नेलाई निगमले यसाे गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ असोज २०७६
Reliance life insurance
घटेको मूल्यमा ग्याँस नबेच्नेलाई निगमले यसाे गर्ने
Jagadamba
LBEF

काठमाडौं । नेपाल आयल निगमले घटेको मूल्यमा ग्यास नबेच्ने ब्यापारीलाई कारबाही गर्ने बताएको छ।

निगमले असोज ६ गतेको गरेको बजार अनुगमनमा ग्यास उद्योगीहरूले आफ्ना बिक्रेता मार्फत् ग्यास बिक्री वितरण गराउँदा घटेको मूल्यमा बिक्री नगराएपछि निगमले त्यस्ता उद्योगीलाई कारबारही गर्ने बताएको हो।

निगमले असोज ३ गते राति १२ बजेदेखि लागु हुने गरि एलपी ग्यासको साविकको मूल्यमा प्रति सिलिण्डर २५ रूपियाँ घटाएको छ। सो अनुरूप अब काठमाडौं उपत्यका लगायतको अन्य पहाडी क्षेत्रमा ग्यास प्रति सिलिण्डर १३ सय ५० रूपियाँ भएको छ।

त्यस्तै दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा १३ सय १५ र अन्य तराई क्षेत्रमा १३ सय ३० रूपैयाँ भएको निगमले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस