ठूला लगानीकर्ता लाभांश बुक गर्न व्यस्त, साना भने धमाधम शेयर बेच्दै - Aarthiknews
aarthiknews.com विहीबार, ३० असोज २०७६   Thursday, 17 October, 2019
 
Bajaj_Bike
शेयर बजारमा तीव्र चलखेल

ठूला लगानीकर्ता लाभांश बुक गर्न व्यस्त, साना भने धमाधम शेयर बेच्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ असोज २०७६
Sunrise bank
ठूला लगानीकर्ता लाभांश बुक गर्न व्यस्त, साना भने धमाधम शेयर बेच्दै
LBEF
NCH-IPS

काठमाडौं । शेयर बजारका ठूला लगानीकर्ता लाभांश बुक गर्नतिर लागेका बेला भने साना लगानीकर्ता भने शेयर बजार अझै घट्ने आकंलन गर्दै फ्याक्दै गरेका छन् । ठूला लगानीकर्ता बढी लाभांश वितरण गर्ने बैंक तथा वित्तीय संस्थाको शेयर खरिद गरिरहेका छन् । केही दिनदेखि यता सिद्धार्थ बैंकको शेयर खरिद गर्नेको चाप नै परेको छ । सिद्धार्थ बैंकले २५ प्रतिशत लाभांश दिने घोषणा गरेपछि ठूला लगानीकर्ता त्यही बैंकको शेयर किन्न झुम्मिएका हुन् । तर, साना लगानीकर्ता भने बिक्री गर्न थालेका छन् ।

केही दिनयता सिद्धार्थ बैंकको शेयर कारोबार उच्च देखिनुको कारण पनि यही हो। सोमबार कुल १७ करोड ७२ लाखको शेयर कारोबार भएकोमा ८५ लाखको कारोबार त सिद्धार्थ बैंकको मात्रैै भएको छ । गत साता पनि सिद्धार्थ बैंकको नै शेयर कारोबार बढी भएको थियो । प्रतिकित्ता ३ सय २८ रुपैयाँमा खरिद बिक्री हुँदै आएको यस बैंकको शेयर खरिद गर्दा २५ प्रतिशत लाभांश पाउने भएकाले पनि ठूला लगानीकर्ता उक्त बैंकको शेयर खरिद गर्न झुम्मिएका हुन् । लाभांश घोषणा गरेका मात्र होइन उच्च लाभांश घोषणा गर्न सक्ने कम्पनीको पनि शेयर कारोबार उच्च हुँदै आएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर गत सातादेखि नै उच्च कारोबार भइरहेको छ । शेयर उच्च कारोबार हुनु पछाडिको रहस्य बुझनु जरुरी छ । उच्च कारोबार हुनुको अर्थ त्यो कम्पनीभित्र केही खिचडी पाक्दै छ भन्ने बुझ्नु पर्छ । ठूला लगानीकर्ताले त्यो चाल पाइसकेका छन् । तर, साना लगानीकर्ता भने रनभुल्लमा परेर शेयर बिक्री गरिरहेका छन् ।

पछिल्लो समय नेपाल धितोपत्र बोर्ड (नेप्से) मा सूचीकृत कम्पनीले धमाधम लाभांशको घोषणा गरिरहेका छन् । कम्पनीले बितरण गर्ने लाभांश बुक गर्नतिर ठूला लगानीकर्ता लागेका छन भने साना लगानीकर्ता शेयर बिक्री गर्न थालेका छन् । केही ठूला लगानीकर्ताले नकारात्मक हल्ला फैलाइरहेका छन् । यस्तो बेलामा साना लगानीकर्ता अतालिएर शेयर बिक्री गरिरहेका छन् । ठूला लगानीकर्ता भने समुन्द्रजस्तै शान्त भएर शेयरको भाउ गिराउँदै शेयर खरिद गरिरहेका छन् । साना लगानीकर्ता शेयर बजार ओरालो लागेपछि डराएर बिक्री गरिरहेका छन् । ठूला लगानीकर्ता भने उच्च लाभांश दिने कम्पनीको शेयर बजारमा खोजी–खोजी किनिरहेका छन् । 

साना लगानीकर्ता निराश भएका छन् । ठूला लगानीकर्ता बढी लाभांश घोषणा गरेका र घोषणा गर्न सक्ने कम्पनीको शेयर किनिरहेका छन् । अहिले पुँजी बजार मापक नेप्से ११ सय ४० अंक नजिक छ । अहिले पनि उच्च लाभांश दिन सक्ने कम्पनीको शेयर मूल्य ३,४ सय रुपैयाँ छ । यतिबेला किनेको शेयर केही थोरै मात्र बढे पनि नाफा आर्जन गर्न सकिने विश्लेषण ठूला लगानीकर्ताले गर्दै आएका छन् । त्यसमा पनि सूचीकृत कम्पनीले यो वर्ष वितरण गर्ने लाभांश हात पार्न सकिन्छ ।

नीतिगत सुधार आउने सम्भावना देखिए मात्र पनि शेयर बजारमा सुधार आउने अनुमान ठूला लगानीकर्ताले गरेका छन् ।अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल आगामी फागुनमा सकिने र त्यसपछि बढ्ने अनुमान ठूला लगानीकर्ताले गरेका छन् ।  २०७४ फागुन १४ मा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका खतिवडालाई पुँजी बजार सधैं रेड सिग्नल देखाइ दिन पुग्यो । पछिल्लोपटक सकारात्मक अभिव्यक्ति आएसँगै नेप्से ५० अंकले बढेको थियो । तर, त्यो अभिव्यक्ति सेलाउँदै गएपछि बजार पुनः ५० अंकको हाराहारीमा नै घट्न पुगेको छ। 

अर्थमन्त्री भएलगत्तै उनले बीबीसी नेपाली सेवामा खतिवडाले पुँजी बजारमा भइरहेको लगानी ‘अनुत्पादक’ भन्ने आशयको अन्तर्वाता दिका थिए । पुँजी बजारप्रति नकारात्मक दृष्टिकोण बनाउँदै आएका खतिवडाको त्यो भनाइ सार्वजनिक भएलगतै शेयर बजारले उनलाई रातो झन्डा देखाइ दिन पुग्यो ।  शेयर बजारमा अस्थिरता उनी आएदेखि नै भएको छ । खतिवडा अर्थमन्त्री भएयता शेयर बजार करिब २५० अंकले घटेको छ । बजार पुँजीकरण साढे २ खर्ब रुपैयाँले तल झरेको छ । 

उनी अर्र्थमन्त्री भएपछि शेयर कारोबारमा पुँजीगत लाभकर गणना विधिको विवाद निस्कियो ।  त्यो विवादले गर्दा लगानीकर्ताले केही दिन शेयर बजार कारोबार नै ठप्प पारिदिए । अहिले पनि उनको राजीनामा माग्दै केही लगानीकर्ताले गर्दै आएका छन् । पुँजी बजारका लगानीकर्ता अर्थमन्त्री खतिवडालाई आफ्नो मुख्य शत्रु ठान्छन् । नीतिगत अस्थिरता र ऋणको ब्याजदर नघट्नु नै लगानीकर्ताका लागि ठूलो अवरोध बनेको छ । नौ प्रतिशतसम्ममा पाइने शेयर कर्जा अहिले १४, १५ प्रतिशतमा पुगेको छ । 

सूचीकृत कम्पनीको नाफा बढेको र लाभांश पनि त्यही अनुपातमा बृद्धि भएको छ । यस्तो अवस्थामा नीतिगत सुधार हुँदा बित्तिकै ठूला लगानीकर्ताहरुले धमाधम शेयर खरिद गर्ने र बजार बुम हुने सम्भावना पनि छ । अहिले साना लगानीकर्ता डराए पनि ठूला लगानीकर्ता भने पख र हेर अनि नाफा बुक गर भन्नेतिर लागेका छन् । 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });