काठमाडौं । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको एघार महिनामा ३६ अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले जेठ मसान्तसम्म ३६ अर्ब १९ करोड ८८ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् । यो शुल्क २५ लाख ३७ हजार ४१६ बीमालेख बिक्री गरेर संकलन भएको हो ।
गत बैशाख मसान्तसम्मको तुलनामा कम्पनीहरुको व्यवसाय १०.७३ प्रतिशतले बढेको हो । बैशाख मसान्तसम्म बीमा कम्पनीहरुले ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका थिए । यो शुल्क २३ लाख ५० हजार ६५२ बीमालेख बिक्री गरेर संकलन भएको थियो ।
नेपाल बीमा प्राधिकरणका अनुसार गत जेठ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले तीन अर्ब ५० करोड ९२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा यी कम्पनीहरुले एक लाख ९१ हजार २२६ वटा बीमालेख बिक्री गरेका हुन् ।
तीन कम्पनीको व्यवसाय ४ अर्ब माथि
यस अवधिमा तीन बीमा कम्पनीहरुले चार अर्ब रुपैयाँ भन्दा माथिको बीमा व्यवसाय गरेका छन् जरमा शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स रहेका छन् ।
जेठ मसान्तसम्म शिखर इन्स्योरेन्स कम्पनीले २ लाख ४२ हजार ११९ बीमालेख बिक्री गरी चार अर्ब ७६ करोड ८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब १ करोड ७४ लाख रुपैयाँ र सगरमाथा लुम्बिनी जनरलले द्ध अर्ब ८ करोड ८६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा नेपाल इन्स्योरेन्सले एक अर्ब ४१ करोड ३ लाख, दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले एक अर्ब २४ करोड ८६ लाख, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब २६ करोड २३ लाख, नेको इन्स्यारेन्सले दुई अर्ब ६६ करोड ९४ लाख र प्रभु इन्स्योरेन्सले एक अर्ब ४० करोड ७७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
त्यसैगरी यस अवधिमा एनएलजी इन्स्यारेन्स कम्पनीले २ अर्ब १४ करोड ८३ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीन अर्ब ६ करोड ८ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्यारेन्स कम्पनीले दुई अर्ब ४ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा कम बीमाशुल्क संकलन गर्ने कम्पनीमा नेशनल इन्स्यारेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले चालु आवको जेठ मसान्तसम्म ९० करोड ७५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, आईजीआई प्रुडेन्सियलले तीन अर्ब एक करोड ९९ लाख रुपैयाँ र युनाइडेट अजोडले ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।