
काठमाडौं । बुहचर्चित बालुवाटारको ललिता निवास जग्गा घोटला काण्डमा १४३ रोपनी सरकारी जग्गा हड्प्न बनाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइवी) ले बताएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै सिआइबीले विभिन्न व्यापारीहरुले योजना बनाएर पहिलो चरणमा ११२ रोपनी र दोस्रो चरणमा ३१ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गरि सरकारी जग्गा हड्पेको बताएको हो ।
मंगलबार ललिता निवास जग्गा काण्डमा संलग्न रहेका निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर शाह, भाटभटेनी सुपरमार्केट तथा विभिन्न उद्योगका सञ्चालक मीनबहादुर गुरुङ, सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई सिआइबीको विषेश अपरेसनमा पक्राउ परेका थिए । ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले २९ रोपनी जग्गा हडपेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
मंगलबार नै कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई भने छाडेको छ । देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख र कपाली कर्मचारी हुन् ।
प्रतिक्रिया दिनुहोस