हिमालयन जनरल इन्स्योरेन्स नयाँ सञ्चालक निर्वाचित - Aarthiknews
aarthiknews.com शुक्रबार, २७ मंसिर २०७६   Friday, 13 December, 2019
 
Bajaj_Bike

हिमालयन जनरल इन्स्योरेन्स नयाँ सञ्चालक निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असोज २०७६
Sunrise bank
हिमालयन जनरल इन्स्योरेन्स नयाँ सञ्चालक निर्वाचित
LBEF
NCH-IPS

 काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २५औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । सभाले गत आव २०७५/७६ को वार्षिक प्रगति प्रतिवेदन पारिद गर्दै आगामी कार्यकालका लागि पाँच सञ्चालक निर्वाचित गरेको छ । संस्थापकतर्फ ३ जना र सर्वसाधारणतर्फ २ जना सञ्चालकको निर्वाचन गरेको हो ।

निर्वाचित संचालकहरुमा संस्थापक तर्फबाट महेन्द्र कृष्ण श्रेष्ठ, विक्रम कृष्ण श्रेष्ठ र विजीत कृष्ण श्रेष्ठ रहेका छन भने सर्वसाधारण तर्फबाट नुरा कुमारी शर्मा र अजय रत्न स्थापित रहेका छन । सभाले चालू आर्थिक वर्षको वार्षिक लेखा परिक्षणका लागि श्री सुन्दर एण्ड कम्पनीलाई पुनः नियुक्त गरेको छ । 

कम्पनीले एनएफआरएसमा पहिलो पटक वित्तीय विवरण बनाउँदा विभिन्न नियमनकारी कोषहरुको छुट्याउनु परेकाले यस वर्ष लगानीकर्ताहरुलाई लाभांश दिन नसकिएको जानकारी गराएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड ७२ लाख रहेको छ । 

प्रतिक्रिया दिनुहोस