एनसेलको पीआरबीटीमा नयाँ योजना - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

एनसेलको पीआरबीटीमा नयाँ योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असोज २०७६
Sunrise bank
एनसेलको पीआरबीटीमा नयाँ योजना
LBEF
NCH-IPS

काठमाडौं । एनसेलका ग्राहकले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ टोन (पीआरबीटी) को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आह्वान गर्न सक्नेछन् । साथै धुन बनाउने ग्राहकले आफ्नो धुनलाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रचार गरी प्रत्येक हप्ता आकर्षक पुरस्कार जित्न सक्नेछन् । 

एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि सेवा ‘पीआरबीटी आफ्नै धुन’ को  नयाँ भर्सन ल्याएको हो । यस भर्सन अन्तर्गत अब ग्राहकले आफ्नै धुन बनाउन, त्यसलाई सामाजिक सञ्जालमा प्रचार गर्न, धुनको प्रत्येक एक्टिभेसनमा बोनस ब्यालेन्स प्राप्त गर्न र प्रत्येक हप्ता नगद पुरस्कार जित्न सक्छन् ।

यो योजना असोज ६ गतेबाट सञ्चालनमा आएको छ । प्रत्येक हप्ता सबैभन्दा धेरै एक्टिभेट गरिएको धुनको ग्राहकले नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी एक्टिभेसनका आधारमा दोस्रो हुने धुनको ग्राहकले नगद २० हजार पुरस्कार  प्राप्त गर्नेछ । विजेताहरुको नाम प्रत्येक हप्ता सोमबार सार्वजनिक हुनेछ ।   

धुन बनाउने ग्राहकले धुनको पहिलो एक्टिभेसन अर्थात धुन सुचारु बापत रु. ३ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । त्यस पश्चात प्रत्येक १० एक्टिभेसनका हिसाबले रु ३० बोनस पाउनेछन् । यसरी प्राप्त हुने बोनस ३० दिनका लागि मान्य हुनेछ र यसबाट एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सकिनेछ । 
 
प्रिपेड ग्राहकले यस योजनामा भाग लिनका लागि पहिला १७११७ डायल गरी पिआरबिटी आफ्नै धुन सेवा सुचारु गर्नु पर्दछ । त्यस पश्चात बढीमा २९ सेकेण्डको आफ्नो धुन रेकर्ड गर्नु पर्दछ । यस पिआरबिटी सेवाका लागि प्रत्येक महिनाको शुल्क रु. १० (कर सहित रु १२.७७) रहेको छ । 

यस योजनामा भाग लिई आफ्नै धुन रेकर्ड गर्ने प्रत्येक ग्राहकहरुले आफ्नो धुनको आईडेन्टिटी कोड र एउटा लिङ्क एसएमएसमा प्राप्त गर्नेछन् । लिङ्कलाई सजिलै कपि गरी फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा राखी प्रचार गर्दै अरुलाई आफ्नो धुन पिआरबिटीका रुपमा प्रयोगका लागि आवहान गर्न सकिन्छ । 

ग्राहकमा रहेको प्रतिभाको उजागर गर्न सहयोग गर्ने यस्तो योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । यो योजना लागु भएको मितिबाट १२ हप्ता सम्म संचालनमा रहनेछ 
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });