केएल टावरको  दशैं तिहार उपहार योजना, बैंकक ट्रिपदेखि मोटरसाइकल उपहारसम्म - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

केएल टावरको  दशैं तिहार उपहार योजना, बैंकक ट्रिपदेखि मोटरसाइकल उपहारसम्म

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असोज २०७६
Sunrise bank
केएल टावरको  दशैं तिहार उपहार योजना, बैंकक ट्रिपदेखि मोटरसाइकल उपहारसम्म
LBEF
NCH-IPS

काठमाडौं । केएल टावरले दशैं तिहारका  अवसरमा ‘रमाइलो दशैं तिहार’ उपहार योजना शुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् । 

केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैयाँ बराबरको शपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध गराइनेछ । त्यसैगरी साप्ताहिक रुपमा गोयनका ब्राण्डको रेफ्रिजिरेटर, वासिङ मेशिन, एलईडी टेलिभिज, आईरन, हिटर, भ्याकुम क्लिनर लगायतका घरायसी सामग्री उपलब्ध गराउनेछ । 

बम्पर उपहारमा प्रथम उपहार स्वरुप एक जनालाई यामाहाको एफजेड एसएफआई भी थ्री मोटरसाइकल बितरण गरिने मेला संयोजक हिरामणी तिमिल्सिनाले बताए । दोस्रो उपहार स्वरुप यामाहाकै रे जेड आर स्कुटर बितरण गरिनेछ भने तेस्रो उपहार स्वरुप एक जनालाई ४ रात ५ दिनको बैंकक भ्रमणको प्याकेज उपलब्ध गराइनेछ । सान्तवना उपहार स्वरुप टाइमेक्सको घडी एक जनालाई बितरण गरिनेछ । 

उपहार योजनामा सहभागी हुनका लागि कम्तीमा एक हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने हुन्छ । हजार वा सोभन्दा बढीको सामान खरिद गरे पछि उपभोक्तालाई कुपन उपलब्ध गराइनेछ । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिने मेला संयोजक तिमल्सिनाले जानकारी दिए ।  असोज १ गतेदेखि सुरु भएको उपहार योजना कात्तिक २५ गतेसम्म चल्नेछ । 
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });