ब्रोकर कमिसन घटाउन अध्ययन समिति गठन - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

ब्रोकर कमिसन घटाउन अध्ययन समिति गठन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असोज २०७६
Sunrise bank
ब्रोकर कमिसन घटाउन अध्ययन समिति गठन
LBEF
NCH-IPS

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ट्रस्टी ऐनसम्वन्धी कार्य अगाडि बढाउन, सेवा शुल्क (ब्रोकर) र संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धमा अध्ययन गरी सुझाव पेश गर्न दुई समिति गठन गरेको छ ।  

आर्थिक वर्ष २०७६।०७७ को बजेटमा सामूहिक लगानी कोष, शेयर अभौतिकरण र सिडिएससी लगायतको कार्य व्यवस्थित गर्नका लागि ट्रस्टी ऐन तर्जुमा गर्ने भन्ने उल्लेख भएकाकाले उक्त समिति गठन गरेको हो ।

 बोर्डको आ.व २०७६।०७७ को नीति तथा कार्यक्रममा धितोपत्र बजारको स्थायित्व तथा दीर्घकालीन विकासका लागि ट्रस्टी ऐनको मस्यौदा सम्बन्धी कार्य अगाडि बढाउन बोर्डका नियमन तथा व्यवस्थापन विभाग हेर्ने कार्यकारी निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बोर्डले जारि गरेकोे विज्ञप्तिमा उल्लेख छ । 


यसैगरि मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवितिहरुको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि श्रोत व्यवस्थापनसम्बन्धी सुझाव समितिको प्रतिवेदन कार्यान्वयनको बोर्डका नीति, अनुसन्धान तथा योजना महाशाखा हेर्ने उप कार्यकारी निर्देशकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ ।  

नेपाल सरकार अर्थ मन्त्रालयबाट प्राप्त पँुजी बजारसँग सम्बन्धित सुझाव, स्वचालित कारोबार प्रणाली (NOTS)लाई बैंक र सिडिएससीको प्रणालीमा एक महिनाभित्र पूर्णरुपमा आबद्ध गरी संचालनमा ल्याउने सम्बन्धमा समेत यसले अध्ययन गर्ने छ ।  

साथै  धितोपत्र व्यवसायीहरुले लिने सेवा शुल्कमा पुनरावलोकन गर्ने सम्बन्धमा पनि यसले राय दिने छ । धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्क घटाउनुपर्ने भन्ने गुनासो समेत प्राप्त भएको पृष्ठभूमिमा बोर्ड, नेप्से र धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्क (ब्रोकर शुल्क) का सम्वन्धमा अन्र्तराष्ट्रिय अभ्यास समेत अध्ययन गरी सुझाव पेश गरि समिति गठन गरिएको बोर्डले जनाएको छ । 
 
धितोपत्र व्यवसायीहरुले लगानीकर्ता साक्षरता (Investor Literacy) अभिवृद्धि गर्न आफ्नो मुनाफाको कम्तिमा एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोष 0Corporate Social Responsibility Fund) मा छुट्टयाई खर्च गर्नुपर्ने व्यवस्था मिलाउने विषयमा समेत अध्ययन गर्ने छ । 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });