aarthiknews.com शनिबार, २४ जेठ २०७७   Saturday, 06 June, 2020
 
Tansen_cement
hulas Remite

नेप्सेमा झिनो सुधार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असोज २०७६
Sunrise
नेप्सेमा झिनो सुधार
LBEF

काठमाडौं । लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको सोमबार सामान्य सुधार भएको छ ।  सोमबार नेप्से १.७३ अंकले बढेर ११४०.९४ बिन्दूमा  पुगेको छ । 

कुल १७० वटा कम्पनीको ७ लाख ४३ हजारभन्दा बढी कित्ता शेयर १७ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन कारोबारमा आएका समूहमा जलविद्युत्, वित्त र सामूहिक लगानी कोष समूहबाहेक सबै समूह बढेका छन् ।  सोमबार प्रभु बैंकको सबैभन्दा धेरै शेयर किनबेच भएको छ ।

यस कम्पनीको १ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको हो । त्यस्तै शिवम् सिमेन्टको पनि कारोबार उच्च रहेको छ । यस कम्पनीको शेयर १ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । पछिल्ला केही दिनयता शिवम् सिमेन्टको शेयर कारोबार उच्च हुँदै आएको छ । सोमबार साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब ५ प्रतिशतले बढेको छ । तर, युनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य  करिब ४ प्रतिशतले घटेको छ । 
 

प्रतिक्रिया दिनुहोस