aarthiknews.com शनिबार, २४ जेठ २०७७   Saturday, 06 June, 2020
 
Tansen_cement
hulas Remite

कन्चनपुरमा भेटियो दुर्लभ पत्नीब्रता चरो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असोज २०७६
Sunrise
कन्चनपुरमा भेटियो दुर्लभ पत्नीब्रता चरो
LBEF

काठमाडौँ । कञ्चनपुर जिल्लाको चुरे फेदमा रहेको ब्रह्मदेव जैविकमार्गस्थित बन्दाताल क्षेत्रमा विश्वमै दुर्लभ राजधनेश र राजलाहाचे चरा फेला परेका छन् । केही दिनअघि सर्वेक्षणका क्रममा यी दुई प्रजातिका चरा देखापरेका हुन् । 

पन्छी संरक्षण संघका जीवविज्ञ हिरूलाल डंगौराले ब्रह्मदेव जैविकमार्ग छेउछाउमा दुर्लभ राजधनेश र राजलाहाचेसँगै ८८ प्रजातिका चरा सर्वेक्षणका बेला देखिएको जानकारी गराए। जसमा राजधनेश दुई र राजलाहाचे आठवटा फेला परेका थिए। अंग्रेजी भाषामा राजधनेशलाई 'ग्रेट हर्नबिल' भनिन्छ। हेलमेट जस्तो रंगिन टाउको हुने राजधनेश धनेश प्रजातिमा सबैभन्दा ठूलो चरा हो। 

प्रायः सानो झुन्डमा देखिने यो पन्छी निकै सुन्दर र आकर्षक देखिने जानकारी गराउँदै डंगौराले भने, 'राजधनेशलाई स्थानीय भाषामा होमराई पनि भनिन्छ । जसको अर्थ जंगलको राजा हुन्छ । नेपालमा राजधनेशको संख्या एक सय ५० भन्दा कम रहेको अनुमान गरिएको छ।' नेपालको वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित नौ पन्छीमध्ये राजधनेश पनि एक हो।

युएनडिपी साना अनुदान कार्यक्रमको सहयोगमा नेपाल पन्छी संरक्षण संघ र नेपाल ग्रामीण विकास केन्द्रले सर्वेक्षण गर्दा लोपोन्मुख यी चरा फेला परेका हुन् । राजधनेशलाई साइटिस अनुसूची-१ मा सूचीकृत गरिएको छ। गुँड निर्माण र ओथारो प्रक्रियामा रोचक र अनौठो स्वभाव देखाउने राजधनेशले ठूला र बुढा रुखको टोड्कामा गुँड बनाएर बस्छ। यो पन्छीले वर्षायाममा प्रजनन् गर्छ।

राजधनेशको भालेले पोथीलाई अण्डा पारेपछि बच्चा नहुन्जेलसम्म टोड्कामा रहेको गुँडमा थुनेर राख्छ। धनेश जोडीले हिलो र पोथीको विष्टाको सहयोगमा टोड्काको मुख पूरै टाल्छन् । त्यसमा बनाइएको सानो प्वालबाट पोथीले हावा र आहारा लिने गर्छ। ओथारो अवधिभर पोथीलाई र त्यसपछि बच्चालाई पनि भालेले नियमितरूपमा बाहिरबाट आहारा खुवाउने गर्छ। सम्भवतः यही स्वभावका कारणले राजधनेशलाई पत्नीव्रता पन्छी पनि भनिने गरेको डंगौराको भनाइ छ।

प्रकतिमा भएका कतिपय किराफट्यांग्रा, मुसा तथा छिपकली राजधनेशका आहार हुन । विभिन्न बिरुवा तथा फलपफूलका बिउ विस्तार र वितरणमा रानधनेशको भूमिका रहने भएकाले यसलाई जंगलको किसान पनि भनिन्छ। खास किसिमको बासस्थानमा मात्र पाइने यो चरा वातावरणीय सुचक पनि मानिन्छ।  यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस