गौरबका आयोजनाको टिठलाग्दो चाला - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

गौरबका आयोजनाको टिठलाग्दो चाला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असोज २०७६
Sunrise bank
गौरबका आयोजनाको टिठलाग्दो चाला
LBEF

काठमाडौँ । मुलुकको अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्ने भनी हेरिएका राष्ट्रिय गौरवका आयोजनाहरूको भौतिक प्रगति निराशाजनक देखिएको छ । सरकारले गौरवका आयोजना भनी वर्गीकरण गरेका २२ मध्ये मात्र दुईको भौतिक प्रगति ९० प्रतिशतमाथि छ भने अन्य दुईको प्रगति ७० प्रतिशतमाथि रहेको राष्ट्रिय योजना आयोगको पछिल्लो तथ्यांकले बताउँछ ।

आयोजना निर्माणमा ढिलाइ हुँदा यी आयोजनाहरूको कुल लागत बढेर रू. १८ खर्ब पुगेको छ। तर, गत आर्थिक वर्षको अन्त्यसम्म खर्च भने रू. २ खर्ब मात्रै भएको छ। आइतवार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले प्रस्तुत गरेको वार्षिक समीक्षा प्रतिवेदनमा गौरवका आयोजनाको प्रगति निकै निराशाजनक देखिएको हो । 

प्रतिवेदन अनुसार बूढीगण्डकी जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत्आ योजना, विद्युत् प्रसारण आयोजना जस्ता पूर्वाधार आयोजनाको आर्थिक वर्ष २०७५/७६ मा कनै भौतिक प्रगति हुनसकेको छैन। यो समाचार आजको आर्थिक अभियानमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस