प्रहरीमा भ्रष्टाचारको गन्ध २ वर्षका सबै कागजात अख्तियारको फान्दामा - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

प्रहरीमा भ्रष्टाचारको गन्ध २ वर्षका सबै कागजात अख्तियारको फान्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असोज २०७६
Sunrise bank
प्रहरीमा भ्रष्टाचारको गन्ध २ वर्षका सबै कागजात अख्तियारको फान्दामा
LBEF

काठमाडौं । लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ ।


अख्तियारले विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासन विभागअन्तर्गत आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न पोसाक, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदका सक्कली कागजात लगेको हो । 

प्रहरी मुख्यालयलाई पत्र लेखेर खरिदका आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदा अटेर गरिएकोले आफैँ गएर नियन्त्रणमा लिइएको हो । यो समाचार आजको कान्तिपुर दैनिक खबर छ ।  

प्रतिक्रिया दिनुहोस