aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

नयाँ बानेश्वरमा व्यक्तिले मिचेको जग्गा खोजी गरी बनाइयो उद्यान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ असार २०८०
Global IME
नयाँ बानेश्वरमा व्यक्तिले मिचेको जग्गा खोजी गरी बनाइयो उद्यान
फाइल फोटो
DHI
nmb

काठमाडौं । काठमाडौं महानगरपालिका–१० मा विभिन्न व्यक्तिले मिचेको १० रोपनी सार्वजनिक जग्गामा उद्यान निर्माण गरिएको छ । भूकम्प जस्ता प्राकृतिक प्रकोपका बेलाका लागि खुला स्थानसमेत हुनेगरी सार्वजनिक जग्गामा उद्यान निर्माण गरिएको वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए ।  

मालपोत र नापी कार्यालयको समन्वयमा अरु सार्वजनिक जग्गाको पनि खोजी जारी रहेको उनले बताए । सार्वजनिक पर्ती र विभिन्न स्थानमा निर्माण भएको उद्यानको जग्गा मिची सँधियारले घर, टहरा निर्माण गरेकाले नापजाँच गरी सार्वजनिक कायम गरिएको वडा कार्यालयले जनाएको छ । 

नयाँ बानेश्वरको गौचरणको सार्वजनिक जग्गामा पनि वडा कार्यालय चालु आर्थिक वर्षमै उद्यान निर्माण गरिरहेको छ । पाँच रोपनी जग्गामा बाटो कटाएर करिब डेढ रोपनीमात्र बाँकी रहेको जनाइएको छ । सफा, स्वच्छ सहरको विकासका लागि विभिन्न स्थानमा फेला पारिएको सार्वजनिक जग्गामा उद्यानमा निर्माण गर्न लागिएको हो । प्राकृतिक प्रकोपका बेला पनि उद्यान उपयोग हुन सक्ने गरी निर्माण गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस