काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्लो साता दुई दिन उच्च अंकका साथ वृद्धि भएको भए भए पनि तत्पश्चात नेप्सेमा ओरालो लागेको हो ।
आइतबार नेप्से १६.०५ अंकले घटेर ११३९.२५ बिन्दूमा झरेको छ । कुल १६६ वटा कम्पनीको ८ लाख ४८ हजारभन्दा बढी कित्ता शेयर २२ करोड ६९ लाख रुपैयाँमा कारोबार भएको छ ।
यस दिन कारोबारमा आएका समूहमा अन्य समूहबाहेक सबै समूह घटेका छन् । लगातारको गिरावटपछि नेप्सेमा सुधार हुँदा लगानीकर्ता उत्साहित भएका थिए । तर, पुनः ओरालो लागेको छ । आइतबार पनि सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर किनबेच भएको छ । यस कम्पनीको १ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको हो । पछिल्ला केही दिनयता शिवम् सिमेन्टको शेयर कारोबार उच्च हुँदै आएको छ । यस दिन वेस्ट फाइनान्सका लगानीकर्ताले धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य साढे ४ प्रतिशतले बढेको छ । तर, रिलायन्स फाइनान्स कम्पनीका लगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य साढे ८ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस