
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको शेयर रजिस्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नियुक्त भएको छ । यी कम्पनीहरुले शेयर रजिस्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यससँगै अब कम्पनिको धितोपत्र कारोबार सम्बन्धी अभिलेख, शेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिक लगायतका सम्पूर्ण कार्य नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नारायण चौर नक्सालबाट हुनेछ ।
यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गते आइतबारबाट यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार शुभारम्भ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस