aarthiknews.com शुक्रबार, २३ जेठ २०७७   Friday, 05 June, 2020
 
Tansen_cement
hulas Remite

स्वास्थ्यको संरचना तथा दरबन्दी पुनरावलोकन हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असोज २०७६
Sunrise
स्वास्थ्यको संरचना तथा दरबन्दी पुनरावलोकन हुँदै
LBEF

 काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संरचना तथा दरबन्दी पुनरावलोकन गरी प्रतिवेदन पठाउन आफ्ना मातहतका निकायलाई  पत्राचार गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार मन्त्रालयले स्वास्थ्य सेवा, औषधि व्यवस्था र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागसहित महाशाखा तथा केन्द्र, स्वास्थ्य प्रतिष्ठान, सङ्घीय अस्पताल तथा कार्यालयलाई पत्राचार गरेको हो । 

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सेवाको पनि संरचना तथा दरबन्दी पुनरावलोकन हुन लागेको जानकारी दिएका छन्। मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक सहसचिव श्रेष्ठको संयोजकत्वमा नै पुनरावलोकन कार्यलयसमेत गठन गरेको छ । 

सामान्य प्रशासनले कर्मचारी समायोजन सम्पन्न भएपश्चात सङ्घीय सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र मातहत निकायहरुको कार्यक्षेत्र,  कार्यबोझ र कार्यपद्धतिका आधारमा सङ्गठन तथा दरबन्दी  नयाँ व्यवस्था गर्न लागेको छ ।

प्रवक्ता श्रेष्ठले कार्यदलले विभाग, प्रतिष्ठान, केन्द्र, अस्पताल, तालीम केन्द्र प्रमुखको संयोजकत्वमा सङ्गठन संरचना तथा दरबन्दी पुनरावलोकन समिति गठन गरी मन्त्रालयमा सात दिनभित्र सुझाव पठाउन पत्र पठाएको जानकारी दिए ।स्वास्थ्य सेवातर्फको कर्मचारी  समायोजन प्रक्रिया अझै टुङ्गिएको छैन ।

प्रतिक्रिया दिनुहोस