aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

संविधान दिवसको उपहार खाना पकाउने ग्यासमा २५ रुपैयाँ छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असोज २०७६
Reliance life insurance
संविधान दिवसको उपहार खाना पकाउने ग्यासमा २५ रुपैयाँ छुट
Jagadamba
LBEF

काठमाडौं । संविधान दिवसको अवसर पारेर सरकारले खाना पकाउने ग्यासको मुल्य घटाएको छ । नेपाल आयल निगमले शुक्रबार एक विज्ञप्ति जारी गदैं अन्तराष्टिय स्तरमा ग्यासको मुल्य घटेकाले खाना पकाउने ग्यासको मूल्य घटाएको हो । निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको छ । अब ग्यास प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँमा किन्न पाइनेछ ।


निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको जनाएको छ । निगमले प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको हो । अब अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेकिी डलरमा जहाजले तेल हाल्न पाउनेछन् । सरकारले यसभन्दा पहिला १४ सयमा २५ रुपैयाँ घटाएर १४७५ रुपैयाँ बनाएको थियो । 

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य केही घटेको छ । सेप्टेम्बर १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य घटेर आएको थियो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य समायोजन भएसँगै नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन टेवा पुग्ने निगमले विश्वास लिएको छ ।
 
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको समयमा जनतालाई राहत दिन ग्यासको मूल्य घटाइने बताउनुभएको थियो । डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ । निगमले भारतबाट पाइपलाइनबाट इन्धन भित्र्याउन शुरु गरेकै दिन डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको थियो । 


 

प्रतिक्रिया दिनुहोस