aarthiknews.com विहीबार, ०४ असोज २०८०   Thursday, 21 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

कामपाको सबै विद्यालयमा नर्सिङ सेवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ जेठ २०८०
himalayanlife
कामपाको सबै विद्यालयमा नर्सिङ सेवा
DHI
NIBL

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । कामपाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गर्ने र सोही केन्द्रमार्फत  आगामी  वर्षदेखि ८९ वटै सामुदायिक विद्यालयमा नै नर्सिङ सेवा उपलब्ध गराउने तयारी गरेको हो ।  
    
कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार धेरै विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थी सङ्ख्या कम भएको सामुदायिक विद्यालयमा वडामार्फत उक्त सेवा प्रदान गर्ने कामपाको तयारी छ ।

अहिले कामपालगायत देशको सबै स्थानीय तहहरू नीति तथा कार्यक्रम बनाउने तयारीमा जुटेका छन् । कामपाले आफ्नो नीति तथा कार्यक्रमा नै उक्त विषय समेटेर आगामी आवदेखि  कार्यान्वयन गरिने शिक्षा विभागका प्रमुख कोइरालाले जानकारी दिए । 
 
वडामा सञ्चालन गरिने स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत प्रत्येक विद्यालयमा हप्तामा दुई दिन नर्सिङ सेवा दिने गरी तयारी भएको छ । कम्तीमा दुई दिन विद्यार्थीको स्वास्थ्य परीक्षण गराउने र तत्काल गर्नुपर्ने केही समस्या पर्दा केन्द्रमार्फत कामपाले खटाएका नर्सले सेवा दिनेछन् ।

एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशको कार्यक्रम हो । अहिले उक्त कार्यक्रम कामपाको आठवटा विद्यालयमा मात्र सञ्चालन हुँदै आएको छ । यसलाई बढाएर कामपाले सबै विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको हो ।

उक्त कार्यत्रमसँगै कामपाले आगामी आवदेखि मनोवैज्ञानिक परामर्श सेवा पनि उपलब्ध गराउने तयारी गरेको छ । त्यसैगरी प्रविधि र विशेष शिक्षामा गत वर्षको भन्दा यस वर्ष लगानी बढाउने अभ्यास भइरहेको कामपा शिक्षा सल्लाहकार रेशु अर्यालले जानकारी दिइन ।

शिक्षाको गुणस्तर बढाउनु नै कामपाको लक्ष्य रहेकाले यसै शैक्षिकसत्रदेखि सुरु गरेको शिक्षामा सीप कार्यक्रमलाई पनि थप विस्तार गरिने भएको छ । अहिले माध्यमिक तह कक्षा ९ देखि १२ सम्ममात्र सञ्चालन भइरहेको उक्त कार्यक्रम तलका कक्षामा पनि लगिने छ । कामपामा रहेका ८९ सामुदायिक विद्यालयमध्ये ५९ माध्यमिक र ३० प्राथमिक विद्यालय छन् । उनान्साठी माविमध्ये ५६ वटामा मात्र शिक्षामा सीप कार्यक्रम लागू भएको छ ।–

प्रतिक्रिया दिनुहोस