aarthiknews.com विहीबार, ०४ असोज २०८०   Thursday, 21 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

कमोडिटी मार्केटका नाममा ६८ जनाको पौने ११ करोड ठगी मुद्दाको आज पेशी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ जेठ २०८०
himalayanlife
कमोडिटी मार्केटका नाममा ६८ जनाको पौने ११ करोड ठगी मुद्दाको आज पेशी
DHI
NIBL

काठमाडौँ । बस्तु बजार (कमोडिटी मार्केट) का नाममा विभिन्न व्यक्तिहरूलाई १० करोड भन्दा बढी ठगी गर्ने गिरोह विरुद्धको मुद्दा आज (बिहीबार) पेशीमा चढ्दैछ । काठमाडौँ जिल्ला अदालतले यसअघी नै पुर्पक्षका लागि थुनामा पठाएका ठगी आरोपीहरूको सजाय बारे आज टुङ्गो लगाउने भएको हो ।

धितोपत्र बोर्ड नेपालबाट स्वीकृति प्राप्त गरी संचालनमा रहेको भन्दै ६८ जना लाई झुक्काएर १० करोड ७४ लाख १६ हजार भन्दा बढी रुपैयाँ ठगी गर्ने तीन जना अहिले थुनामा छन् । सो कार्यमा संलग्न थप ३६  जना फरार रहेका छन् । दुई जनालाई भने अदालतले धरौटीमा छोडेको छ ।

अहिले थुनामा रहेकाहरूमा सुनिल श्रेष्ठ, नरेन्द्र प्रसाद भट्ट र जितेश सुरेंद्रन रहेका छन् । कमला श्रेष्ठ र विनोद ढकाल भने धरौटी राखेर तारिकमा छुटेकी छिन् । अभियुक्त मध्ये जितेश सुरेंद्रन भारतीय नागरिक हुन् । उनी सर्वसाधारणलाई ठगी गर्दै आएको अवैधानिक कम्पनी मर्केन्टाइल एक्सचेन्ज नेपालका प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।

त्यसैगरी, अर्का आरोपी भट्ट त्यही कम्पनीमा डेपुटी सीइओको रुपमा कार्यरत व्यक्ति हुन् भने सुनिल श्रेष्ठ भने मनि स्पेल इन्भेस्टमेन्ट प्रालीका नाममा अवैधानिक कमोडीटी एक्सचेन्जको ब्रोकरका रुपमा काम गर्दै आएका थिए । उनले मानिसहरूलाई शेयर तालिम दिने भनेर जम्मा गर्ने र बस्तु बजारबाट नाफा हुने भन्दै लगानी गर्न उक्साउने काम गर्दै आएका थिए ।

करोडौँ ठगीको उजुरी परेपछि श्रेष्ठ गएको पुस दोस्रो साता पक्राउ परेका थिए । त्यसपछि अनुसन्धानको क्रममा नेपालबाट ७ अर्ब भन्दा बढी रुपैयाँ विदेश लागिसकेको खुलासा भएसँगै प्रहरीले मर्केन्टाइल एक्सचेन्ज (म्याक्स) नेपालका सिइओ सुरेंद्रनलाई भारत तर्फ भाग्दा भाग्दै सुनौलीबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस