aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम दुई अर्ब नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ जेठ २०८०
himalayanlife
नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम दुई अर्ब नाघ्यो
DHI
NIBL

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकले बढेको छ । आज नेप्से ४.६८ अंकले बढेर एक हजार ९ सय ३२ दशमलब ३३ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से २५.६६ अंकले बढेर एक हजार ९ सय २७ दशमलब ६५ विन्दुमा बन्द भएको थियो ।

शेयर बजार बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज दुई अर्ब ३६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १३७ कम्पनीको शेयरमूल्य बढेको छ भने ७४ कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३५३ रुपैयाँ पुगेको छ ।

आज सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढीे सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज १० करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
 

प्रतिक्रिया दिनुहोस