
काठमाडौं । बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन जनमोर्चाका सांसद चित्र बहादुर केसीले सङ्घीयता मुलुकले धान्नै नसक्ने बताएका छन् । यहाँ नेता मात्र उत्पादन भए, धेरै सांसद मात्र उत्पादन भए ।
उनले भने, "यदि मुलुकलाई विकास गर्ने हो भने सङ्घीयता खारेज गर्नै पर्छ । अन्य उपाय छैन । मन्त्री र सांसदको सङ्ख्या घटाउनु पर्छ ।" बजेटको निर्णायक प्रस्ताव गर्दा सांसदहरू संसद्मा नबस्नुका कारण उनीहरू कर्मचारीको चाकरीमा लागेको रहेछ ।
हामी समाजवादको बाटोमा होइन टाट पल्टिने दिशामा हिँडिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले निजीकरण अहिलेको अर्को ठूलो समस्या रहेको समेत बताए । शिक्षा र स्वास्थ्यको जिम्मा व्यापारीलाई दिएर आफ्ना सन्तान विदेश पठाउने पुँजीवादको चरित्र रहेको उनले टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस