aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

विदेशमा शाखा खोल्न मान्दैनन् बीमा कम्पनी

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • बुधबार, २४ जेठ २०८०
himalayanlife
विदेशमा शाखा खोल्न मान्दैनन् बीमा कम्पनी
DHI
NIBL

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत चैतमा नेपाली बीमकले विदेशमा शाखा खोल्न पाउने नीति ल्यायो । तर, हालसम्म कुनै पनि बीमकले विदेशमा शाखा खोल्न अनुमति मागेका छैनन् । बीमकहरूले पनि विदेशमा शाखा खोल्न गृहकार्य नभएको प्रतिक्रिया दिएका छन् ।

प्राधिकरणले बीमकको शाखा कार्यालयसम्बन्धी निर्देशिका, २०७९ जारी गरेसँगै प्राधिकरणले तोकेको शर्त पूरा गरेका बीमकले प्राधिकरणबाट स्वीकृति लिएर अन्य मुलुकमा समेत आफ्ना कार्यालय खोली व्यवसाय विस्तार गर्न पाउने भएका छन् । निर्देशिकाअनुसार प्राधिकरणबाट बीमकले अन्तिम स्वीकृति प्राप्त गरेको ६ महीनाभित्र कार्यालय खोली त्यसको जानकारी प्राधिकरणलाई गराउनु पर्नेछ ।

प्राधिकरणले निकट भविष्यमा विदेशमा हुने नेपाली बीमकहरूको व्यवसाय विदेशी मुद्रा आर्जनको राम्रो स्रोत बन्न सक्ने दाबी गरेको छ । तर, प्राधिकरणले निर्देशिका जारी गरेको झन्डै २ महीना हुँदा प्राधिकरणमा कुनै पनि बीमकले विदेशमा शाखा खोल्ने अनुमतिका लागि आवेदन दिएका छैनन् ।

नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलका अनुसार विदेशमा शाखा खोल्न हालसम्म कुनै पनि बीमकले आवेदन दिएका छैनन् । अहिलेसम्म विदेशमा शाखा खोल्ने अनुमति माग्दै कुनै पनि कम्पनीले आवेदन दिएका छैनन्, उनले भने ।

प्रतिक्रिया दिनुहोस