aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

कोशी प्रदेशमा को बन्दैछ मुख्यमन्त्री ? यस्तो छ मतको अवस्था

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • बुधबार, २४ जेठ २०८०
himalayanlife
कोशी प्रदेशमा को बन्दैछ मुख्यमन्त्री ? यस्तो छ मतको अवस्था
DHI
NIBL

इटहरी । कोसी प्रदेशसभा सरकारबाट बाहिरिने माओबादी केन्द्रले निर्णय गरेको छ । मंगलबार बसेको कोसी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी) को बैठकले उक्त निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर दुई मन्त्रीहरूले राजीनामा पनि बुझाएका छन् । एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फर्ता लिने निर्णय गरिएसँगै मन्त्रीहरूले पनि राजीनामा दिएको माओवादी केन्द्र कोसी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए ।

उनले अब माओवादीकै नेतृत्वमा सरकार बनाउन कसरत गरिने बताए । नेम्वाङले भने, ‘माओवादीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न समिति पनि बनाएका छौं ।’

माओबादीबाट भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईँ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले राजीनामा दिएका हुन् । माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका छन् ।

उनीहरू गत पुस २५ गते मन्त्री नियुक्त भएका थिए । कोसी प्रदेश सरकारमा मन्त्री भइ कामकाजमा सहयोग गर्दै आएकोमा हाल बदलिएको राजनितिक परिस्थितका कारण नेकपा माओवादी केन्द्र पार्टीले तपाईको नेतृत्वमा रहेको सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेकोले मैले तपाईको सरकारमा रहि निरन्तरता दिन नसक्ने अवस्था सृजना भएकोमा आजको मितिबाट लागु हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु,’ राजीनामा पत्रमा उल्लेख छ ।

यससँगै मुख्यमन्त्री कार्कीको नेतृत्वमा बनेको कोसी प्रदेश सरकार अल्पमतमा परेको छ । यसअघि जसपाबाट स्वास्थ्य मन्त्री रहेकी निर्मला लिम्बूले राजीनामा दिइसकेकी छन् । अब एमालेलाई राप्रपाको मात्रै समर्थन रहेको छ । तर, एमाले र राप्रपाको सिट संख्या जोड्दा ४६ मात्रै पुग्छ । जबकि, सरकार निर्माणका लागि ४७ सिट आवश्यक पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस