aarthiknews.com आइतबार, १४ असोज २०८०   Sunday, 01 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

नेपाल लाइफका सातवटै प्रदेशका ६००० बढी अभिकर्ता प्रशिक्षित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ जेठ २०८०
himalayanlife
नेपाल लाइफका सातवटै प्रदेशका ६००० बढी अभिकर्ता प्रशिक्षित
DHI
NIBL

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । यस कम्पनीले कोशी प्रदेशको विर्तामोड र इटहरी, मधेश प्रदेशको बिरगंज र मिर्चैया, बागमती प्रदेशको नारायणघाट, भक्तपुर र काठमाडौँ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगंज, कर्णाली प्रदेशको सुर्खेतमा कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ । 

त्यस्तै, सुदुरपश्चिम प्रदेशको टीकापुर र अत्तरिया गरि कुल १३ वटा स्थानमा भव्य र सभ्य कार्यक्रमको आयोजना गरी ६००० भन्दा बढी अभिकर्तालाई तालिम प्रदान गर्नुका साथै हरेक शाखा उप–शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने करिव १००० जना अभिकर्ताहरुलाई सम्मान गरिएको छ ।  

२०८० साल बैशाख ७ गते विर्तामोडको सेन्ट्रल पोइन्ट होटल एंड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा ४०० जना , बैशाख ९ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा ४५० जना, बैशाख १४ गते मिर्चैयाको राम जानकी होटल एंड पार्टी प्यालेसमा ५७० जना सहभागी थिए । 

त्यस्तै , बैशाख १६ गते बिरगंजको होटल शाह दरबारमा ४५० जना, बैशाख १८ गते नारायणघाटको सिएमटी रिसोर्टमा ४६० जना, बैशाख २२ गते भक्तपुरको नमस्ते ब्याङ्क्वेटमा ५०० जना, जेठ ५ गते काठमाडौँको अनमोल ब्याङ क्वेटमा ७०० जना, जेठ ९ गते सुर्खेतको सिद्धार्थ सन्नी रिसोर्टमा ३५० जना सहभागी रहेको कम्पनीले जनाएको छ । 

त्यस्तै, जेठ ११ गते नेपालगंजको सुनाखरी रेस्टुरेन्टमा ३४० जना, जेठ १३ गते टिकापुरको होटल सिद्धार्थमा ३६० जना, जेठ १५ गते अत्तरियाको होटल नमस्तेमा ५५० जना, जेठ २० गते बुटवलको सिद्धार्थ होटलमा ५५० जना र जेठ २२ गते पोखराको सिटी स्क्वायरमा ४०० जना गरि कुल ६,०८० जना अभिकर्ताहरुले तालिम प्राप्त गरेका छन ।  

जेठ २२ गते पोखरामा आयोजित कार्यक्रममा यस कम्पनीका संचालक समितिका सदस्य कमलेश कुमार अग्रवाल र विमल प्रसाद ढकालको उपस्थिति रहेको थियो । सोहि कार्यक्रममा बोल्दै अग्रवालले गण्डकी प्रदेश विभिन्न आर्थिक सूचांकहरुमा अग्र पंङ्गतीमा रहेको हुनाले यस क्षेत्रमा बीमा व्यवसायको विस्तार गर्न प्रचुर सम्भावना रहेका बताए । सम्पूर्ण अभिकर्ताहरुलाई यस अवसरको अधिकतम सीप र ज्ञान हासिल गरि बीमा व्यवसाय विस्तार गर्न आग्रह गरेका थिए । 

 साथै कम्पनीले पोखराको न्युरोड स्थित आफ्नै सुविधा सम्पन्न भवनबाट गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय संचालनमा ल्याएको कुरा सहर्ष जानकारी गराए । यसबाट कम्पनीको विश्वसनियता बढी बीमा बजारको विकाशमा टेवा पुग्ने बताए ।

अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रमहरुमा उपस्थित अभिकर्ता महानुभावहरुलाई सम्बोधन गर्दै यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अभिकर्ताहरुको क्षमताको विकाश गर्ने हेतुले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए । यस किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नविनतम प्रयोग सँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरुलाई थप निखार्न महत्वपुर्ण भूमिका खेल्नेमा आफु विस्वस्त रहेको बताए ।

 आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे । कम्पनीले अभिकर्ताहरुको प्रोत्साहनका निम्ति विभिन्न योजनाहरु सार्वजनिक गर्दै आएको र यस वर्ष पनि आकर्षक योजनाहरु सार्वजनिक भई सकेको हुनाले योजनामा सामेल हुन सम्पूर्ण अभिकर्ताहरुलाई अनुरोध समेत गरे । कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताए । यसका साथै सम्पूर्ण सरोकारवालाहरुको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने कुरा व्यक्त गरे । यसै वर्ष कम्पनीले भारतको मुम्बईबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार र विजय कुमार झाद्वारा आफ्ना अभिकर्ताहरुलाई तालिम प्रदान गरेको कुरा सगौरव जानकारी गराए ।
  
कार्यक्रममा बोल्दै नेसनल सेल्स हेड उमापति पोखरेलले अभिकर्ताले बीमा व्यवसायमा सफलता प्राप्त गर्नका खातिर आफु आबद्ध कम्पनीको बारेमा पूर्ण जानकारी, आफुले गरेको पेशाको बारेमा कानूनी बैधता तथा कम्पनीले बजारमा ल्याएको बीमा योजनाहरुको बारेमा पूर्ण जानकारी राख्नु पर्ने कुरामा जोड दिए । बीमा बजारको बजारीकरणको सम्बन्धमा बृहत प्रस्तुतीकरण दिएका पोखरेलले सफल अभिकर्ताहरुमा हुनु पर्ने गुणहरु बारेमा आफ्नो विचार राखेका थिए ।  

अभिकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा यस कम्पनीका तालिम विभाग प्रमुख रोजेश बस्नेतले बीमा अभिकर्ता पेशा ठुलो लगानी र उच्च शिक्षा नहुँदा पनि राम्रो आम्दानी गर्नका निम्ति प्रचुर सम्भावना भएको क्षेत्र रहेको बताए । उनले आम्दानी र व्यवसाय भन्दा माथी उठेर बीमा अभिकर्ताको रूपमा सामाजिक र मानविय धर्मका रूपमा पेशालाई अंगिकार गर्न प्रेरित गरे ।  उनले यसमा थप प्रकाश पर्दै बीमा अभिकर्ता भनेको आर्थिक सुरक्षाकर्मी र बचतको अभियन्ता पनि भएकाले सबैलाई यसमा हातेमालो गर्दै अगाढी बढ्नका निम्ति अपिल गरे ।  

प्रतिक्रिया दिनुहोस