aarthiknews.com आइतबार, १४ असोज २०८०   Sunday, 01 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

बोर्डले दुई कम्पनीलाई दियो आईपीओ निष्कासनको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ जेठ २०८०
himalayanlife
बोर्डले दुई कम्पनीलाई दियो आईपीओ निष्कासनको अनुमति
DHI
NIBL

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जेठ २३ गते दुई कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र अपर लोहरे हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनको लागि अनुमति दिएको हो ।

आइएमई लाइफ इन्स्योरेन्सलाई बोर्डले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति दिएको हो । आइएमई लाइफले १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम वापत् १३६ रुपैयाँ ९१ पैसा थप गरी प्रति कित्ता २३६ रुपैयाँ ९१ पैसामा आईपीओ निष्काशन गर्न बोर्डले अनुमति पाएको हो । यो मूल्यमा आइएमई लाइफले २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता आईपीओ विक्री गर्नेछ ।

कुल कित्ता आईपीओमध्ये आइएमई लाइफले निष्काशन गर्नेछ । कम्पनीले कर्मचारीहरूका लागि ६ लाख कित्ता आईपीओ भने प्रतिकित्ता १०० रुपैयाँ मै विक्री गर्ने बोर्डको भनाई छ । आइएमई लाइफको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

त्यस्तै बोर्डले अपर लोहरे हाइड्रोपावर कम्पनी लिमिटेडलाई आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

यो कम्पनीले भने अंकित मूल्यमै आईपीओ निष्कासन गर्नेछ । हाल यस कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी २६ करोड रूपैयाँ रहेको छ । संस्थापकतर्फबाट कम्पनीमा ५१ प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।

सर्वसाधारणमा ४९ प्रतिशत आईपीओ विक्री पछि कम्पनीको चुक्तापूँजी ५० करोड ९८ लाख ४ हजार पुग्नेछ । यस कम्पनीले दैलेख जिल्लामा ४ मेगावाट क्षमताको माथिल्लो लाहोरे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस