aarthiknews.com विहीबार, ०४ असोज २०८०   Thursday, 21 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

एप्पलको शेयर नयाँ उचाइमा पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ जेठ २०८०
himalayanlife
एप्पलको शेयर नयाँ उचाइमा पुग्यो
DHI
NIBL

एजेन्सी । आइफोन निर्माता एप्पलको वर्ल्ड वाइड डेभलपर्स सम्मेलन क्यालिफोर्नियामा चलिरहेको छ । अर्कोतर्फ कम्पनीको शेयरमूल्यमा कीर्तिमानी वृद्धि जारी छ । एप्पलको शेयर नयाँ उचाइमा पुगेको छ । सोमबार, जुन ५ मा अमेरिकी बजार खुल्नेबित्तिकै एप्पलको सेयर मूल्य १.५ प्रतिशतले बढेर १८३ अमेरिकी डलर पुगेको छ । यो अहिलेसम्मकै उच्च स्तर हो। स्टक बढ्नुको मुख्य कारण नयाँ उत्पादन बजारमा आएको हो ।

यसअघि कम्पनीको स्टक जनवरी ३, २०२२ मा १८२ अमेरिकी डलर पुगेको थियो। यो वर्ष, एप्पलको स्टक जनवरीमा १२६ को न्यून विन्दु छोयो। त्यहाँबाट अहिले यसको शेयर १ सय ८३ अमेरिकी डलरभन्दा बढि पुगेको छ । यस अवधिमा सेयरले ४४ प्रतिशत प्रतिफल दिएको छ । उही समयमा, अमेरिकी स्टक बजारको टेक्नोलोजी शेयरहरूको प्रमुख बेन्चमार्क सूचकांक ल्बकमबत्र ले यस अवधिमा ३० प्रतिशत प्रतिफल दिएको छ।

संसारको सबैभन्दा मूल्यवान सूचीबद्ध कम्पनी प्रारम्भिक व्यापारमा १.२ प्रतिशत माथि  १८३.२५ मा थियो। तर हेर्दै जाँदा यसको सेयर बढ्दै गयो । रिपोर्टका अनुसार भारतको मुम्बई र दिल्लीमा आफ्ना दुई विशेष स्टोरहरू लन्च गर्दा एप्पलले धेरै फाइदा उठाएको छ। कम्पनीले दुबै अफलाइन स्टोरहरू मार्फत राजस्वको हिसाबले राम्रो वृद्धि हासिल गरेको छ।

रिपोर्टका अनुसार मुम्बई र दिल्लीका स्टोरहरूले एक महिनामा २२ देखि २५ करोड रुपैयाँ कमाउँछन्। यसको मतलब एप्पलले हरेक महिना जम्मा ४४ देखि ५० करोड कमाई गरिरहेको छ । यो रकम देशका अन्य इलेक्ट्रोनिक्स पसलको तुलनामा दोब्बर हो । त्यसअनुसार एक वर्षमा ६०० करोडको आँकडा पार गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीले यस वर्ष अप्रिल महिनामा मुम्बईको जियो वर्ल्ड सेन्टरमा एप्पलको स्टोर खोलेको थियो। एप्पलले दिल्लीको साकेतमा सेलेक्ट सिटी मलको एप्पल स्टोर खोल्यो। मुम्बई स्टोर खुलेको दिन स्टोरले एकै दिनमा १० करोडको बिक्री दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस