
काठमाडौं । काठमाडौं महानगर पालिकाभित्रका अधिकांश विद्यालयहरुले शैक्षिक सत्रका लागि उपलब्ध गराउने छात्रबृत्तिको विवरण बुझाएका छैनन् । महानगर पालिकालकोले आज सार्वजनिक गरेको सूचना अनुसार ३४२ विद्यालयले छात्रबृत्ति विवरण नबुझाएको विवरण प्रकाशित गरेको छ ।
गत जेठ १० गते सूचना प्रकाशित गर्दै जेठ १५ गतेभित्रमा महानगरभित्र रहेका संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीहरुलाई उपलब्ध गराउने छात्रृबृत्तिको विवरण बुझाउन निर्देशन दिएको थियो । शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ५८ र ५९ तथा महानगरको शिक्षा ऐन २०७५ को दफा ५० को उल्लंघन गर्दै यी विद्यालयहरुले हालसम्म पनि छात्रबृत्तिको विवरण महानगरलाई पेस नगरेका हुन् ।
काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका चर्चित विद्यालयहरु ब्रिटिस एकेडेमी, केएमसी लगायत ३४२ वटा विद्यालयले छात्रावृद्धि विवरण नबुझाएको महानगरको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस