शीर्षकहरू

व्यापारी खुसी पार्ने मौद्रिक नीति ल्याउने गभर्नरको संकेत

व्यापारी खुसी पार्ने मौद्रिक नीति ल्याउने गभर्नरको संकेत

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति मार्फत व्यापारी व्यवसायीहरूलाई राहत हुने कार्यक्रमहरू ल्याउने तयारी रहेको बताएका छन् । सोमबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो जनाएका हुन् ।  

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले भने, ‘बजेट निर्माणका क्रममा म आफै सहभागी थिए । त्यसबारे खुलेर टिप्पणी गर्न सकिँदैन । तर पनि एक्कासि बजेटको आकार घटाउन सकिँदैन थियो । बाध्यता यहाँहरूले बुझ्नु पर्‍यो ।’ 

आगामी साउन १५ गतेभित्र आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गरिसक्ने उनले जानकारी दिए । सो मौद्रिक नीति पुरै आर्थिक वर्षभरिका लागि काम गर्ने खालको आउने उनको भनाई छ । 

मौद्रिक नीति मार्फत लगानीका क्षेत्र र दायराहरूलाई विस्तार गर्ने समेत उनले बताए । चालू आर्थिक वर्षमा जे जति लगानी हुने पर्ने थियो सो अनुपातमा हुन नसकेको उनले स्वीकार गरे ।