aarthiknews.com मंगलबार, १६ असोज २०८०   Tuesday, 03 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

बजेटमा धेरै फुक्ने काम भयो, तथ्यपरक भएन: वाग्ले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ जेठ २०८०
himalayanlife
ADBL
बजेटमा धेरै फुक्ने काम भयो, तथ्यपरक भएन: वाग्ले
DHI
NIBL

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थविद् डा. स्वर्णिम वाग्ले बजेटमा धेरै कुरा फुक्ने तर कार्यान्वयनमा ल्याउन नसक्ने रोगबाट आगामी आर्थिक वर्षको बजेट पनि मुक्त हुन नसकेको टिप्पणी गरेका छन् । सोमबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो जनाएका हुन् । 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका वाग्लेले भूकम्पले नेपालको बजेटको आकार वृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । त्यसअघि ६१९ अर्बको बजेट रहेकोमा त्यस लगतै आठ सय अर्ब भन्दा बढीको बनेको स्मरण गर्दै उनले भने, भूकम्पले बढाएको दबाबले बजेटको आकारमा समेत वृद्धि भएको हो ।’ 

उनले विगतका अर्थमन्त्री रामशरण महत र युवराज खतिवडाले विज्ञकारुपमा बनाएको बजेट सही रहेको समेत प्रशंसा गरे । तर, युवराज खतिवडा जस्तो बुझेको अर्थमन्त्रीले अत्यन्तै अनुकूल समयमा ल्याएको बजेट समेत न्यून खर्च भएको सन्दर्भलाई पेस गर्दै उनले त्यो घटनालाई मानककारुपमा लिएर अघि बढ्नु पर्ने बताए । त्यसपछिको समेत बजेटको आकार बढाउन हौसिने क्रम नरोकिएको उनको भनाई छ । 

चालू आर्थिक वर्षको बजेट नीतिगत रूपमा भ्रष्टाचार र आकारको दृष्टिकोणले दुर्घटना पर्न सक्ने उनले टिप्पणी गरे । सो बजेट सबै सीमाहरूलाई नाघेर ल्याइएको उनको भनाई थियो । जसले गर्दा बजेटको विश्वासनियतामा प्रश्न उठ्नेको गरेको उनले बताए । 

वाग्लेले अहिलेको बजेट पनि आय व्ययको हिसाबले विश्वासनिय नरहेको बताए । उनले अगाडी भने, ‘न आय विश्वसनीय छ । व्ययको अनुमान पनि इच्छा प्रेरित छ ।’ 

बजेटले सही दिशा समात्नु पर्नेमा त्यो नगरी विगतकै बाटो हिँडेको उनको तर्क छ । ‘जेठमा हौसिएर ठूलो बजेट बनाउने गरिएको छ । माघमा चुपचाप आकार घटाउने प्रक्रिया फेरि पनि कायम रहने गरेको छ । यो क्रम यसपालि पनि दोहोरिएको छ’, उनले भने । 

बजेटमा उल्लेख गरिएका करको वृद्धिदरको अनुमानबारे अंक प्रस्तुत गर्दै अर्थ मन्त्रालयको क्षमतामाथि नै प्रश्न गरेका छन् । अर्थ मन्त्रालयमा विज्ञहरू हुन्छन् भन्ने अवधारणा फेल हुने खालको रहेको उनले बताए । 

 

प्रतिक्रिया दिनुहोस