aarthiknews.com मंगलबार, १६ असोज २०८०   Tuesday, 03 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

नेपाल लाइफको पोखरामा आफ्नै सुविधा सम्पन्न भवन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ जेठ २०८०
himalayanlife
ADBL
नेपाल लाइफको पोखरामा आफ्नै सुविधा सम्पन्न भवन
DHI
NIBL

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोड स्थित आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको छ । कम्पनीका सञ्चालक समितिका सदस्यहरू कमलेश अग्रवाल, विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने, यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशव राज ढकालले संयुक्त रूपमा रिवन काटेर उक्त भवनको उद्घाटन गरेका हुन् । 

करिव तीन हजार २२० वर्ग फीटमा फैलिएको उक्त भवनको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख, विभिन्न सञ्चार माध्यमका प्रतिनिधि, बीमा अभिकर्ता लगायतको उपस्थिति रहेको थियो । यस सुविधा सम्पन्न भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहने छ । 

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा यस कम्पनीका सञ्चालक समितिका सदस्य कमलेश अग्रवालले नेपाल लाइफको आफ्नै भवनको उद्घाटन गर्न पाउँदा हर्षले गदगद भएको बताए । निकट भविष्यमा नै कम्पनीले नेपालका मुख्य सहरहरूमा घर जग्गा खरिद गर्ने योजनासहित कार्यारम्भ गरिसकेको उनले बताए । 

त्यस्तै, नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख   केशव राज ढकालले नेपाल लाइफले प्रादेशिक कार्यालय स्थापना गरी नेपाल बीमा प्राधिकरणले लिएको नीतिलाई सघाएको बताए । प्रादेशिक कार्यालय स्थापना गरी केन्द्रीय कार्यालयबाट प्रदान गरिने सेवाहरू स्थानीय  ठाउँबाट प्रदान गर्न सके बीमा सचेतनामा बढ्न गई बीमा प्रति मान्छेको आकर्षण बढ्नेमा आफू विश्वस्त रहेको उनले बताए ।     

 

प्रतिक्रिया दिनुहोस