aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

यसपाली पनि बजेटमा मुसा छिर्‍यो रे: खतिवडा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ जेठ २०८०
himalayanlife
यसपाली पनि बजेटमा मुसा छिर्‍यो रे: खतिवडा
DHI
NIBL

काठमाडौं ।  पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको बजेट गलत आधारमा तयार गरिएको बताएका छन् । सोमबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो जनाएका हुन् । 

कार्यक्रममा बोल्दै खतिवडाले भने, ‘बजेटको आकार घटेको जस्तो देखिए पनि वास्तवमा आकार बढेको छ । अहिलेको बजेट गलत आधारमा तयार पारिएको छ । यसले कुनै लक्ष्य हासिल गर्न सक्दैन ।’

उनले बजेटलाई कमजोर जगमा बनाइएको संरचनाको संज्ञा दिएका छन् । यस प्रकारको बजेटको लक्ष्य हासिल गर्ने र विश्वासनियतामा प्रश्न उब्जिएको उनको भनाई छ । 

खतिवडाले निजी क्षेत्रले बजेटलाई शुरुमा राम्रो भन्ने र विस्तारै त्यसलाई बुझ्दै जाँदा विरोध गर्ने प्रचलन नै रहेको बताए । उनले भने, ‘निजी क्षेत्रले बजेट सुनेर निस्किँदा राम्रा भन्नुभयो । पछि बुझेपछि विरोध गर्नु भयो । उहाँहरूलाई सधैँ धोका हुन्छ । मेरो पालामा पनि त्यस्तै भएको थियो ।’ 

उनले निजी क्षेत्रलाई बजेट राम्रो छ या छैन भन्ने कुरा खुलेर बोल्न समेत आग्रह गरे । बजेट दुई प्रकारले आलोचना हुने गरेको बताउँदै उनले अगाडी भने, ‘एक प्रकारको बजेट जुन सुधारात्मक हुन्छ । र, सबै लोकप्रिय कार्यक्रम कटौती गरी कर सङ्कलनमा केन्द्रित भएको हुन्छ । अर्को प्रकारको बजेट भनेको जसले कसैलाई खुशी पार्न सक्दैन । तर, एक दुई जनालाई खुसी पार्दा अरू सबै रिसाउँछन् ।’ 

आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेट दोस्रो दर्जामा नपारोस् भन्ने शुभकामना दिँदै दोस्रो दर्जामा नै पर्नेगरि आएको चर्चाबारे टिप्पणी गरे । उनले निश्चित घरानालाई लक्षित गरेर बजेट ल्याइएको तर्क संकेत गरे । 

उनले भने, ‘फेरि पनि मुसा छिरे अरे । असम्बन्धित व्यक्ति पसे अरे भन्ने जस्ता कुरा सुनिँदै छ । ती कुरा असत्य साबित हुन् । यही कामना गर्दछु ।’ 

सरकारले बजेट मार्फत खर्च घटाइएका भनिएका सबैजसो शीर्षकहरूमा पहिले भन्दा बढाएर ल्याइएको उनको टिप्पणी छ । उनले भने, ‘भत्ता, बिजुली, इन्धन सबैमा विनियोजित रकम पहिलेभन्दा बढेको छ । त्यसैले सरकारको प्रतिबद्धता खाइ पत्याउँला, अहिले पत्यारलाग्दो छैन ।’ 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई तर्फ संकेत गर्दै उनले विद्युतिय सवारीले खपत गर्ने ऊर्जा अत्यन्तै कम हुने कुरा बुझाउनु पर्ने बताए । उनले भने, ‘मैले त लगभग दुई सय मेगावाट बिजुली विद्युतिय सवारीमा खर्च हुने हिसाब निकालेको थिए । तर, त्यो रत्नपार्कतिरका साथीलाई चाहिँ जहिले पनि चित्तै बुझ्दैन । बिजुली गाडी ल्यायो भने त दुई÷चार हजार मेगावाट नै बिजुली खपत हुन्छ झैँ गर्नु हुन्छ । मैले यो बुझेको छैन, उहाँलाई एक पटक बुझाइदिनुहोस् न ।’ 

प्रतिक्रिया दिनुहोस