aarthiknews.com मंगलबार, १६ असोज २०८०   Tuesday, 03 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

इप्पानको कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ जेठ २०८०
himalayanlife
ADBL
इप्पानको कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी
DHI
NIBL

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को कोषाध्यक्ष पदमा युवा ऊर्जा उद्यमी नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन् । इप्पानको आगामी जेठ ३२ गते हुने वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गर्दै छ । ऊर्जा तथा निर्माण व्यवसायी पन्तले अध्यक्षका प्रत्याशीहरू गणेश कार्की र वरिष्ठ उपाध्यक्ष मोहन डाँगीसँग छलफलबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।

कोषाध्यक्षका प्रत्याशी पन्त युनाइटेड मोदी हाइड्रो पावर लिमिटेडका अध्यक्ष हुन् । उनी टक्सार पिखुवाखोला हाइड्रो पावर कम्पनीका  कार्यकारी प्रबन्धक समेत हुन् । त्यस्तै २२ दशमलव ५ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत कम्पनीमा समेत उनको उल्लेख्य लगानी छ । नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य पन्त चेम्बरको ऊर्जा समितिका सभापति पनि हुन् । पन्त निर्माण व्यवसाय, जलविद्युत, इन्भेष्टमेन्ट कम्पनीहरूमा लगानी रहेको देव  ग्रुपका अध्यक्ष पनि हुन् ।

ऊर्जा युवा उद्यमी पन्त जलविद्युत आयोजनाको निर्माणका क्षेत्रमा आफूलाई अब्बल रूपमा स्थापित गरिसकेका छन् । १५ वर्ष लामो क्षेत्रगत अनुभवका कारण आफू इप्पानको कोषाध्यक्षमा दाबेदार रहेको उनले बताए । आफू कोषाध्यक्ष पदको लागि योग्य भएकाले जलविद्युत ऊर्जा उद्यमीहरुले सहयोग गर्नेमा पन्त ढुक्क छन् ।

जलविद्युत क्षेत्रमा उत्पादकहरूले भोग्दै आएको समस्याको समाधान गर्ने योजना पन्तसँग छ । आगामी दिनमा ऊर्जा क्षेत्रले मात्रै देशको विकास गर्ने उनको दाबी छ । यसअघि २०७७ साउन ३२ गते ३ वर्षका लागि चुनिएको वर्तमान कार्यसमितिको पदावधि सकिनु अगाडि नै निर्वाचन गरी नयाँ पदाधिकारी चयन गर्नुपर्ने हुन्छ ।

इपानले विधान संशोधन गरी अबको कार्यकालदेखि एक जना वरिष्ठ उपाध्यक्षको पद थप गरेको छ। नेपाल उद्योग वाणिज्य महासङ्घमा जस्तै वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने मापदण्डभित्र रहेर अध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारीको चयन हुने इपानले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस