
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । जेठ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फिस स्टेशन एण्ड रिसोर्ट, बनेपा, काभ्रेपलाञ्चोकमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै डिजिटल बैंकिङ सम्बन्धि कार्यहरू गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । अन्य कुनै लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । गत वर्ष ९ दशमलव ३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष लगानीकर्ताको हात खाली बनाएको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ५ गतेदेखि असार १० गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार ४ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस