aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे ३२ अर्ब बीमाशुल्क, नेशनल अझै पुगेन अर्ब क्लबमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ जेठ २०८०
himalayanlife
निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे ३२ अर्ब बीमाशुल्क, नेशनल अझै पुगेन अर्ब क्लबमा
DHI
NIBL

काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको दश महिनामा ३२अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले बैशाख मसान्तसम्म ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् । यो शुल्क २३ लाख ५० हजार ६५२ बीमालेख बिक्री गरेर संकलन भएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार गत बैशाख महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा यी कम्पनीहरुले एक लाख ८४ हजार ३१४ वटा बीमालेख बिक्री गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा अब्बल शिखर इन्स्योरेन्स देखिएको छ । बैशाख मसान्तसम्म यस कम्पनीले चार अर्ब ४२ करोड ६९ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । यो शुल्क दुई लाख २४ हजार २६८ बीमालेख बिक्री गरेर आएको हो । 

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) रहेको छ । यस कम्पनीले २ लाख ८४ हजार ७३० बीमालेख बिक्री गरेर ३ अर्ब ७३ करोड ७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

यस्तै, सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेको तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमयिर इन्स्योरेन्स कम्पनीले तीन अर्ब ६४ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा नेको इन्स्यारेन्सले दुई अर्ब ४५ करोड ९३ लाख र हिमालयन एभरेष्ट इन्स्योरेन्सले दुई अर्ब ४९ करोड ४ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ ।

बीमा प्राधिकरणका अनुसार चालु आवको बैशाख महिनासम्म राष्ट्रिय बीमा कम्पनीले दुई अर्ब २ करोड ५१ लाख रुपैयाँ, एनएलजी इन्स्यारेन्स कम्पनीले एक अर्ब ९८ करोड ८० लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्यारेन्स कम्पनीले एक अर्ब ८२ करोड ५ लाख रुपैयाँ र अजोड इन्स्यारेन्स कम्पनीले एक अर्ब ७१ करोड २६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीले एक अर्ब २७ करोड १० लाख रुपैयाँ र नेपाल इन्स्यारेन्स कम्पनीले एक अर्ब २७ करोड १७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

निर्जीवन बीमा व्यवसाय गर्नेहरुमध्ये सबैभन्दा कमजोर नेशनल इन्स्योरेन्स कम्पनी देखिएको छ । सबै कम्पनीहरुले यस अवधिमा एक अर्ब भन्दाबढीको व्यवसाय गरेका छन् भने यस कम्पनीले बैशाख मसान्तसम्म ८२ करोड ४२ लाख बीमा शुल्क संकलन गरेको छ । यसका साथै युनाइटेड इन्स्योरेन्सले एक अर्ब १५ करोड ५४ लाख बीमाशुल्क संकलन गरेको छ भने दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीले एक अर्ब १६ करोड ८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

यसैगरी बैशाख मसान्तसम्म पु्रडेन्सियल इन्स्योरेन्सले एक अर्ब १५ करोड ८९ लाख रुपैयाँ र आईएमई जनरल इन्स्योरेन्सले एक अर्ब ५१ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यी दुई कम्पनी एक आपसमा मर्ज भई बैशाख २६ गतेदेखि आईजीआई प्रुडेसिन्यल इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार गरिसकेका छन् । एकीकृत कारोबार पछि बनेको यस कम्पनीले २ करोड ९१ लख ८२ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ 


 

प्रतिक्रिया दिनुहोस