शीर्षकहरू

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-३ महाराजगंज बाँसबारी धारापाटीस्थित ५७ वर्षीया शिला गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा शिला गुरुङ समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ४ सय ५० रूपैयाँ, ३ बुक तास र बिस ओटा सिमीका दानासहित पक्राउ गरेको हो ।