प्रदेश तीनमा खुल्ने नयाँ उद्योगलाई कर छुट र अनुदान - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

प्रदेश तीनमा खुल्ने नयाँ उद्योगलाई कर छुट र अनुदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असोज २०७६
Sunrise bank
प्रदेश तीनमा खुल्ने नयाँ उद्योगलाई कर छुट र अनुदान
LBEF
NCH-IPS

काठमाडौं ।  प्रदेश ३ भित्र अब स्थापना हुने उद्योगलाई कर छुट र अनुदानका व्यवस्था गरिएको छ। सरकारले औद्योगिक व्यवसाय प्रवर्द्धनका लागि
उद्योगमैत्री नीति निर्माण गरेसंगै नयाँ उद्योगहरूलाई यस्तो सहलियत प्रदान गर्न लागेको जनाएको छ।

प्रदेश सरकार मातहत दर्ता हुने उद्योगलाई विशेष सहुलियत प्रदान गर्ने कानुन प्रदेशसभाबाट पास भएपछि उद्योगीलाई छुट र अनुदान दिने बाटो खुलेको हो। प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक भदौ २५ गतेको प्रदेशसभाबाट पारित भएको छ।

उक्त विधेयकमा उद्योगलाई दर्ता तथा सेवा शुल्कमा छुटदेखि ब्याज अनुदानसमेत दिने उल्लेख छ। ०७५ पुस ११ गते प्रदेशसभामा दर्ता भएको प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक लामो छलफलपछि आठ महिना लगाएर पारित गरिएको हो। यस विधेयकलाई लिएर प्रदेश ३ का उद्योग, पर्यटन बन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल र उद्योग, पर्यटन तथा वातावरण समितिबीच मतभेदको अवस्था सिर्जना भएको थियो ।

मन्त्री र समितिबीचको लामो रस्साकस्सीपछि उक्त विधेयकले वर्षे अधिवेशनको अन्त्यमा प्रदेशसभामा स्थान पाएको थियो। विधेयक पास भएसंगै अब उद्योगलाई कर तथा सेवा शुल्कमा ५० प्रतिशत कर छुट हुनेछ । उद्योगलाई पांच वर्षसम्मका लागि ५० प्रतिशत कर छुट दिनका साथै उद्योग स्थापनाका लागि लाग्ने ऋणमा १ प्रतिशत ब्याज अनुदान दिने कानुनमा उल्लेख रहेको समितिकी सभापति रमा आलेले बताइन् । यो समाचार अजाको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });