
काठमाडौं । भातरको ओडिशामा भएको रेल दुर्घटनालाई लिएर रातिदेखि उद्धार कार्य जारी छ। अहिलेसम्म २३७ जनाको मृत्यु भएको पुष्टि भएको छ । ट्रेनको उद्धारमा सेना पनि सामेल भएको शनिबार बिहान खुलासा भएको थियो । मृतकको संख्या लगातार बढिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।
भारतको ओडिशाको बालासोरको बहानागा बजार स्टेशन नजिकै भएको दुर्घटनाले हृदय विदारक बनाएको छ। दुर्घटनाको खबर शुक्रबार साँझ बाहिर आएको छ ।यसअघि कोरोमण्डल एक्सप्रेस र मालगाडी ठोक्किएको खबर आएको थियो । यसपछि हावडा एक्सप्रेससँगको ठक्करको कुरा पनि बाहिर आयो र साँझसम्म तीनवटा रेलको टक्कर भएको स्पष्ट भयो ।
दुर्घटनाका जो तस्बिर बाहिर आएका छन् । ती डरलाग्दो छन्, मृतकको संख्या सय नाघ्ने आशंका गरिएको छ । त्यस्तै भयो, पहिले ३०, त्यसपछि ५०, त्यसपछि ७० जना, मध्यरातमा मृत्यु हुनेको संख्या १२० पुग्यो र केही बेरमै २०७ बाट २३७ पुग्यो । अहिलेसम्म प्राप्त तथ्याङ्क अनुसार ९ सय जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस