पत्याउनु हुन्छ ? मनाङको एउटै फार्ममा फल्यो सवा ५ करोडको स्याउ - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

पत्याउनु हुन्छ ? मनाङको एउटै फार्ममा फल्यो सवा ५ करोडको स्याउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असोज २०७६
Sunrise bank
पत्याउनु हुन्छ ? मनाङको एउटै फार्ममा फल्यो सवा ५ करोडको स्याउ
LBEF
NCH-IPS

मनाङ । मनाङ डिस्याङ गाउँपालिका-१ भ्राताङस्थित एक फार्ममा लटरम्म स्याउ फलेका छन्। गाला, गोल्डेन र फुजी गरी तीन थरीका स्याउ फलेको बगैंचामा गाला प्रजातिका स्याउ टिप्न थालिएको छ। गाला सकिएपछि गोल्डेन टिप्ने र त्यसपछि फजीको पालो छ।

स्याउ टिप्न मात्रै एकदेखि डेढ महिना समय लाग्छ। ७३५ रोपनी जग्गामा संरचना निर्माण गरेको एग्रो मनाङले ४५० रोपनीमा स्याउ फलाएको छ । यस वर्ष कम्तीमा ४ सय टन स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको छ । गत वर्ष ३५० टनभन्दा बढी स्याउ उत्पादन भएको थियो। एग्रो मनाङका अध्यक्ष समराज गुरुङका अनुसार १ सयदेखि १६० रुपैयाँ प्रतिकिलो स्याउ बिक्री गर्ने तयारी छ।

यसमा ३ प्रकारका स्याउको दाना हेरीहेरी विक्री गरिनेछ । औसत १३० रुपैयाँमा बिक्री गर्दा मात्रै ५ करोड २० लाख आम्दानी हुने उनले बताए। 'बगानको स्याउ हेर्दा ४५० टनजति स्याउ उत्पादन हुनुपर्ने हो । केही साना दानाका स्याउ हामी बिक्री गर्दैनौं,' उनले भने, 'ती स्याउ जुस, चिप्सलगायतमा प्रयोग गछौं । त्यसबाट पनि आम्दानी हुन्छ। एग्रो मनाङको स्याउ बजारमा पुग्ने बेला भए पनि बेंसीसहर-चामे सडकको ठाउँठाउँमा गएको पहिरो र बेलिब्रिज पुनर्निर्माण नसकिएको अध्यक्ष गुरुङले बताए । 'स्याउ टिपेर मात्रै भएन । बजारमा पुर्‍याउनुपर्‍यो ।

बजारमा पुर्‍याउन तत्काल सडक सहज छैन,' उनले भने, 'हामी केही दिनमै बजारमा स्याउ पुयाउने प्रयासमा छौं। उनले काठमाडौं, पोखरालगायत ठूलाठूला डिमार्टमेन्ट स्टोर्स तथा होटलमा एग्रो मनाङको स्याउ पुगेको बताए । 'हामी यस वर्षदेखि स्वदेशमा मात्रै होइन, विदेशमा पनि स्याउ पुयाउने प्रयासमा छौं। यस वर्षदेखि कतारमा एग्रो मनाङको स्याउ पुग्छ।  यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });